विराटनगर । विराटनगरबाट सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा सेवा शुभारम्भ गरिएको छ ।
ड्राइभिङ्ग लाइसेन्सका लागि र लिखित तथा ट्रायल परीक्षाको सेवा शुभारम्भ भएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिएका छन् ।
साउन ११ गते बुधबारदेखि विराटनगर यातायात व्यवस्था कार्यालयले अनलाइन फारम खुलाईसकेको छ । भट्टराईका अनुसार सेवाग्राहीले लाइसेन्सका लागि फारम समेत भर्न थालिसकेका छन् । प्रदेश १ मा इटहरीमा मात्रै रहेको सेवा विर्तामोड, इलाम, धनकुटा र उदयपुर र विराटनगरबाट ट्रायल दिने सेवाको व्यवस्था भएको छ ।
श्रोत : आवर बिराटनगर