नेपाल बैंकर्स संघले सोमबार अपत्यारिलो रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८र७९ को असार मसान्तसम्ममा २६ वटा वाणिज्य बैङ्कहरूले ४५ खर्ब ४१ अर्ब निक्षेप सङ्कलन गरेकामा एकाएक साउन ६ गतेभित्र ६३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको तथ्याङ्क प्रकाशित गरेको छ ।
जबकि यता कर्जा लगानी तर्फ पनि नबढेर सो अवधिमा उल्टो १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको देखाइएको छ । तर, ६ दिनमा ६३ अर्ब रुपैयाँ कसरी बाहिरियो रु बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुनिल केसी असार मसान्तमा डिपोजिट बढ्नु र साउनको पहिलो हप्ता फेरि उसै गरी घट्नु स्वाभाविक नै रहेको बताउँछन् । तर, यस पटक अलिक धेरै नै घटेकोमा भने विभिन्न कारणहरू हुनसक्ने उनको भनाइ छ ।
‘गत वर्षहरूमा पनि आर्थिक वर्षको अन्तमा ह्वातै डिपोजिट बढ्ने र नयाँ आर्थिक वर्षको सुरुवातमा घट्ने गरेकै हो । यस पटक पनि यस्तै भएको छ । तर, यति ठूलो अमाउन्ट एकै पटक घटेकोमा भने केही कारणहरू अवश्य छन् ।’
केसीले भने, ‘प्रमुखतः यस पटक अघिल्लो आर्थिक वर्षमा हुन नसकेको पेमेन्ट नेपाल आयल निगमले एकै पटक गर्दा बैङ्कबाट डिपोजिट बाहिरिएको देखिन्छ । अर्को तर्फ स्थानीय तहहरूको निक्षेप परिचालन हुँदा पनि केही डिपोजिट घटेको छ र कन्ट्राक्टरहरुले असार मसान्तसम्म गरेको डिपोजिट विथड्र ९झिक्दा० पनि बैङ्कहरूको डिपोजिट घटेको छ’ केसीले रातोपाटीसँग भने ।
कतै बैङ्कहरूले राम्रो कलेक्सन देखाउन आर्थिक वर्षको अन्तमा ठूलो डिपोजिट भएको गलत तथ्याङ्क त पेश गरेका होइनन् रु भन्ने हाम्रो जिज्ञासामा सीईओ केसीले त्यस्तो नभएको तर्क गरे ।
‘यस्तो त होइन, तर आर्थिक वर्षको अन्तमा सबै हिसाबकिताब क्लोज हुने हुँदा बैङ्कमा डिपोजिट बढेको हो । तर, अर्को आर्थिक वर्ष सुरु भएसँगै पुनः डिपोजिटरहरुले पैसा झिक्दा वा ट्रान्जिट गर्दा घट्न पुगेको हो । यसलाई स्वाभाविक मान्नुपर्छ’ उनले भने ।
बैंकर्स संघको रिपोर्ट अनुसार साउन ६ गतेसम्म बैङ्कहरूबाट ६३ अर्ब रुपैयाँ बाहिरिँदै कुल डिपोजिट ९निक्षेप० ४४ खर्ब ७८ अर्बमा झरेको छ भने कर्जा लगानी ९लेन्डिङ० १० अर्बले घट्दै ४१ खर्ब ६५ अर्बमा झरेको छ । गत असार मसान्तसम्म बैङ्कहरूको यस्तो डिपोजिट र लेन्डिङ क्रमशः ४५ खर्ब ४१ अर्ब र ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको थियो । श्रोत :ratopati.com
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...












