Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने :सञ्चारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १, २०७९
in FEATURE
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह
37
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समग्र विकासका लागि पाँचदलीय गठबन्धन बनेको र यो गठबन्धन आगामी निर्वाचनमा पनि कायम रहने बताउनुभएको छ । सञ्चारमन्त्री कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताउनुभएको हो ।

सन्त नेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणका निम्ति आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचनमा गठबन्धन कायम रहने बताउनुभयो ।

मन्त्री कार्कीले विकास, सेवा प्रवाह र जनगुनासो सम्बोधन गर्दै परिणाम आउने गरी जनताको पक्षमा काम गर्न नेपाली कांग्रेस पार्टीबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिनुभयो । उहाँले स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमति लिन जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले हासिल गरेको सफलता आगामी निर्वाचनमा पनि हासिल गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि स्थानीय तह निर्वाचनमा जस्तै हैसियतमा पु¥याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिङ्गो पंक्तिलाई आह्वान गर्नुभयो । मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारीमा कांग्रेसलाई पुनः पु¥याउन आगामी निर्वाचनमा उच्चस्तरको तयारीमा जुट्न मन्त्री कार्कीले सबैसँग आग्रह पनि गर्नुभयो । मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको मन्त्री कार्कीले पटक–पटक दोहो¥याउनुभयो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाको राजनीतिक दलीय संयन्त्रले विकास निर्माणका योजनामा पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट काठमाडौं आएको प्रतिनिधिमण्डलले मन्त्री कार्कीसमक्ष धरानको विकासका लागि सहयोग गरिदिन भन्दै ज्ञापनपत्र बुझाएको हो । सो टोलीले यसअघि धरानको विकासका लागि पहलकदमी लिएर विभिन्न योजना पारेको र तिनको कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेकोमा सञ्चारमन्त्री कार्कीलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

दलीय संयन्त्रका संयोजक किशोर राईको नेतृत्वमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज फोक्वाहाङ सुब्बा, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतिरमण राई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुव लिम्बूसहितको टोलीले मन्त्री कार्कीलाई धन्यवादसहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा धरानमा बहुभाषिक विद्यालय स्थापना, विष्णुपादुका मार्ग निर्माण, खांकरडाँडामा पक्की पुल निर्माण, बुढासुब्बा दन्तकाली पिण्डेश्वर र पञ्चकन्या मन्दिर परिषरको संरक्षण, जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध, मदन भण्डारी राजमार्गको एलाइमेन्ट परिवर्तन, सभागृहको नवीकरण, बीपी मार्गको गुरुयोजनालगायतका विभिन्न योजनाहरुका लागि बजेट उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले विगतमा पनि धरानको विकासका लागि आफूले सक्दो पहल गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि मन्त्री कार्कीको पहलमा धरानमा नहडा–धरान सडक निर्माण कार्य प्रारम्भ हुनुका साथै विष्णुपादुकामा दूरसञ्चारको टावर निर्माणको काम पनि भइसकेको छ । यस्तै तरहराबीचको चारकोसे जंगलमा मोबाइल नेटवर्क विस्तारलगायतका विकासे आयोजनाहरु पनि मन्त्री कार्कीकै पहलमा भएको भन्दै टोलीले धन्यवाद ज्ञापन गरेको थियो ।

Share15Tweet9SendScan
Previous Post

इनरुवा अस्पतालमा सेवा विस्तार

Next Post

जनताको साथमा काँग्रेस अभियान” चलाउने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जनताको साथमा काँग्रेस अभियान” चलाउने

जनताको साथमा काँग्रेस अभियान” चलाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In