सुनसरी । नेपाली कांग्रेस सुनसरीद्वारा सुनसरी–४ मा पुनः मतगणनाको माग गरेको छ । मंसिर १० गते बाट स्थगित भएको मतगणनालाई सूचारु गर्नका निमित निर्वाचन आयोगले पुनः मतगणना गर्नुपर्ने माग राखेको हो ।
मंसिर ९ गते राती करिब ११ बजे निर्वाचन आयोगमा खटिएका कर्मचारीले ६ सय ६ मत नेकपा एमालेमा थप गरेर मत परिणाम सार्वजनिक गरेपछि नेपाली कांग्रेसले मतगणना स्थगित गरेर पुनः मतगणना हुनुपर्ने माग गरेको छ ।
सुनसरी–४ मा नेपाली कांग्रेस सहितको लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका सञ्चार तथा सूचना प्रविधि एवं कानुन मन्त्रीले नेकपा एमालेले कर्मचारी सेटिङ्ग नेकपा एमालेमा ६ सय ६ मत थपेको हुँदा गणना भएको ६० हजार मतमा आंशका उब्जिएकोले पुनः मतगणना हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले आज आयोजित पत्रकार सम्मलेनमा निर्वाचन आयोगले पुनः मतगणना नगराएसम्म पार्टीलाई मान्य नहुने बताउनुभएको छ । निर्वाचन आयोगमा उजुरी दिएको हुदाँ निर्णयको पखाईमा बसेको समेत उहाँले बताउनुभयो ।
यता नेकपा एमाले–जसपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जगदिश प्रसाद कुसियैतले समेत पत्रकार सम्मेलनमा सुनसरी–४ मा स्थगित भएको मतगण्ना सूचारु गर्न माग गर्नुभएको छ । रोकिएको मतगणना सूचारु नगरे सडक आन्दोलन गर्न बाध्य हुने समेत उहाँले चेतावनी दिनुभयो ।