सुकदेब चौधरी
इनरुवा । इनरुवामा तीन महिने अभियान सञ्चालन गर्ने गरि जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो सकृयता बढाएको छ ।
जसपा नेपालका जिल्ला अध्यक्ष भगिरथ खत्वेका अनुसार पार्टीको नगर कार्य समितिको बैठकले नगर कार्य समितिलाई पूर्णता दिदैं हरेक क्षेत्रमा भातृ संस्था निर्माण गर्दै टोल तहसम्म पार्टीको संगठन विस्तार थालिएको हो ।
खत्वेले नगर कार्य समितिको कार्यालय स्थापना गरि कार्यालय सञ्चालन, नगरक्षेत्रका १० वटै वडामा एक सयवटा टोल संगठन गठन, युवा विद्यार्थी, महिला, बुद्धीजीबि, आईटी संगठन निर्माण गरि प्रत्येक जनसंगठनमा एक सय जनालाई संगठित गर्ने कार्ययोजना सहित तीन महिने अभियान थालिएको बताउनुभयो ।
जसपाले इनरुवा नगरक्षेत्रमा नगरवासीका समस्याका बारेमा गाउँटोलमा गएर जानकारी लिनुका साथै समस्या समाधानका लागि सम्वन्धित निकायमा दवाव सृजना गर्ने, ध्यानाकर्षण गराउने कार्यसमेत गर्ने जनाएको छ ।
इनरुवामा समावेशी प्रतिनिधित्वका आधारमा पार्टीको सवै तहको संगठनमा सवै समुदायलाई सहभागिता गराउनका लागि अभियानमा जसपाको बिचार र नीतिको ’दयगतमा विभिन्न क्षेत्रमा रहेका अगुवाहरुसँग छलफल गर्ने नीति लिएको जनाइएको छ ।
जसपाका नगर अध्यक्ष गोपाल यादवको अध्यक्षतामा भएको बैठकले नगर कार्य समिति सदस्यमा रामकिशुन साह, लक्ष्मी शर्मा, कृपाराम मेहता, रामप्रसाद मेहता, देवनारायण शर्मा, रामचन्द्र मेहता, तेजनारायण मेहता (जुगुत), भागवत मेहता, गोबिन्द परियार र अरबिन्द मेहतालाई मनोनित गरेको छ ।
यसैगरि सल्लाहकार समितिमा बिरेन्द्र यादब, भगिरथ खत्वे, रामचन्द्र मेहता, कप्लेश्वर यादव, सत्यनारायण खत्वे, बोधनारायण मेहता, सुमन मेहता, भुवनेश्वर यादव, देवराम यादव, लक्ष्मी साह, सुनिल भगत, दयानन्द साह, उपेन्द्र यादव, केसीलाल पंडित, देवकृष्ण मेहता, अनिरुद्ध यादव र लखन खत्वेलाई मनोनित गर्ने निर्णय गरेको छ ।