सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा एकता र सदभाव आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पूर्व मन्त्री कार्कीले मुलुकमा एकता र सदभावले विकास तथा निर्माण गर्न सहज हुने बताउनुभयो ।
मुलुकमा सबै जातजाति, भाषाभाषी, सांस्कृति, सम्प्रादायिकको विकास भएमात्र दिगो शान्ति र विकास हुन सक्ने उहाँले बताउनुहुँदै त्यस दिशातर्फ सबै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस र लोकतन्त्रको भविष्य रहेकोले सुन्दर नेपाल निर्माण गर्नका लागि आन्तरिक र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुहुँदै मुलुकको स्थिरता दिनका लागि समृद्धि , विकास र निर्माणको गति दिन सबै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।
पूर्वमन्त्री कार्कीले बिभिन्न आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै भावनात्मक एकताले सबैलाई जोडने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसले मुलुकमा विकास र समृद्धिको बाटोतर्फ अग्रसर गराउने इच्छा, आंकक्षा र जिम्मेवारीलाई चाँडो भन्दा चाडो पूरा गराउनेतर्फ लागि परेको समेत उहाँले धारणा राख्नुभयो ।
नेपाल मुस्लिम संघ सुनसरीले देशैभरमा नमूना काम गरेर देखाउने विश्वास व्यक्त गर्नुहुँदै नेपाली कांग्रेस सबैलाई एकजुट गर्ने पार्टी भएकाले विभाजित नभई संगठनलाई बलियो बनाउनेतर्फमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल मुस्लिम संघ सुनसरीका नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
नेपाल मुस्लिम संघ कोशी प्रदेशको आयोजनामा भएको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा संविधान सभा सदस्य सीताराम मेहता, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहता, कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, सदानन्द मण्डल, नेपाली कांग्रेसका नेताहरु ऐयुव अन्सारी, बीरेन्द्र शाह, नइम अन्सारी लगायतको सहभागिता रहेको थियो ।