सुकदेब चौधरी
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ४ स्थित स्थानीयहरुको आस्थाको धरोहरको रुपमा रहेको राजाजी डिवार थानलाई विभिन्न रुपले सहयोग तथा योगदान पुर्याउनु हुने आठ जनालाई शुक्रबार एक कार्यक्रमको बिच सम्मान गरिएको छ ।
उक्त डिहवार थानको पहिलो ऐतिहासिक साधारण सभा कार्यक्रममा जग्गादाता, थान निर्माणमा आर्थिक, भौतिक तथा श्रमदान गरी सहयोग र योगदान पुर्याउनेलाई सम्मानपत्र दोसल्ला तथा अविर लगाई सम्मान गरिएको कार्यक्रममा अध्यक्ष विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।
सम्मानीत हुनेहरुमा मिश्रीलाल चौधरी राजभर, अनिरुद्र सिंह राजभर, जुगिया देवि राजभर, लुखरी देवि राजभर, जागेश्वर पोदार, जुगल बर्मा, जनडी देवि साह र चानोदेवि राजभरलाई कार्यक्रमका संविधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि सिताराम मेहता र जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा विशेष अतिथि राजन मेहताले सम्मान पत्र दोसल्ला तथा अविर लगाई सम्मान गरिएको थान समितिका सौदागर साहले बताउनुभयो ।
स्थानीयहरुको आस्थाको धरोहरको रुपमा रहेको राजाजी डिहवार थानमा जन्म देखि मृत्यु सम्मको संस्कार संस्कृति, सामाजिक रितिरिवाज जस्ता सम्बन्ध जोडिनुका साथै छरछिमेकमा एक आपसको भाईचरा, सदभाव स्थापित गराउन मद्दत गरी रहेको वक्ताहरुले औल्याएका छन् ।
सो कार्यक्रमका आ.व. २०७९÷८० मा भएको आय व्यय सहितको ६७ हजार ७ सय ७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमका डिहवार थानमा आस्था राख्ने स्थानीय २ सय बढिको उपस्थिती रहेको थियो ।