कुमोद अधिकारी
विराटनगर । मोरङ जिल्लामा वन पैदावार तथा वन्यजन्तु चोरी निकासी तथा वन अपराध सम्वन्धि गतिविधीमा कमि आउन थालेको छ ।
डिभिजन वन कार्यालयमा चारपाचवर्ष अघि वन अपराध सम्वन्धि ८० भन्दा वढि मुद्दादर्ता हुने गरेकोमा अहिले आएर मुद्दाका संख्या घटेको सो कार्यालयका सूचना अधिकारी रामलखन ठाकुरले बताउनुभयो ।
स्थानिय समुदायमा वन हस्तान्तरण, वन सुरक्षाकर्मीे तथा वन पदाधिकारीको सामुहिक गस्ति साथै वन रेखदेखमा तीव्रताका कारण मोरङका वन केहि सुरक्षित हुन थालेका छन ।
कार्यालयले गत आर्थिक वर्षमा वन पैदावार तथा वन्यजन्तु चोरी निकासीमा १६ जना उपर मुद्दा दायर गरिएको छ । त्यसमध्ये अवैध काठ चोरी निकासीमा १३ जना तथा हरिणको सिंङ विक्रिका लागि लैजाने क्रममा ३ जना पक्राउ गरि मुद्दा दायर गरिएको हो ।
कार्यालयले उनिहरु उपर अनुसन्धान गर्दै जिल्ला अदालत मोरङमा वन अपराध सम्वन्धी मुद्दा दायर गरेको हो । हरीणको सिङ विक्रीका लागी लैजाने क्रममा विराटनगरका दुइजना र सुन्दरहरैचाका एकजना पक्राउ परेका हुन ।
मिक्लाजुङ, केरावारी तथा लेटाङ स्थित सामुदायिक वनवाट पक्राउ गरिएका उनिहरुको साथवाट वोझ वाहकको रुपमा प्रयोग भएका वोलेरो पिकप एकथान,टयाक्टर एकथान र साइकल एकथान पक्राउ गरेको वन अधिकृत ठाकुरले बताउनुभयो ।
यसैगरि कार्यालयले चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा १८ जना उपर मुद्दा दायर गरेको छ । वनपैदार तथा वन्यजन्तु चोरी निकासीमा मुद्धा दायर गरिएका मध्ये ६ जना पक्राउ परेका छन् भने १२ जना फरार रहेका छन ।
वन अपराध सम्वन्धमा सलंग्न रहेकाहरुलार्इृ पक्राउ गरि सो कार्यालयले जिल्ला अदालत मोरङमा मुद्धा दायर गर्ने गरेको छ ३ लाख भन्दा कम विघो तोकिएका हरुलाई अदालतले धरौटीमा छाडने गरेको सो कार्यालयले जनाएको छ ।