इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा आगलागी हुदाँ तीन लाख भन्दा बढीको क्षति भएको छ ।
भोक्राहा नरसिंह–२ का उसमान मियाँको घरमा हिजो विधुत सर्ट भई आगलागी हुदाँ लत्ताकपडा, काठको समाग्रीसहित घर पूर्णरुपले जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ । मियाँको घरमा आगलागी हुदाँ १ वटा गाई जलेर घाइते समेत भएको छ ।
आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले राहत समाग्री उपलब्ध गराएको छ ।
आगलागी पीडित पारिवारलाई कम्मल २ वटा, त्रिपाल १ वटा, साडी सेट, विद्यालय पोशाक, भाडावर्तन, प्लाष्टिक बाल्टिन लगायतको राहत समाग्री वितरण गरिएको नेपाल नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंह उपशाखाका सभापति युवराज दाहालले जानकारी दिनुभयो ।
आगलागीपछि कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजाद, नेपाल मुस्लिम संघ सुनसरीका सभापति तथा भोक्राहा नरसिंह वडा नम्बर–४ का वडाध्यक्ष हारुण अन्सारी, वडाध्यक्षहरु आलम अन्सारी र सेराजुद्धिन अन्सारीले निरीक्षण गर्नुभएको थियो ।
त्यसैगरी तरुण दलको केन्द्रिय सदस्य सुनिल कुमार साह, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचीव जुगेश्वर यादव, पूर्ब सचीव राजेन्द्र प्रसाद मेहता, नेपाली कांग्रेस वार्ड न ६ का सभापति जमालुद्दिन मन्सुरी लगायतकाले समेत निरीक्षण गर्नुभएको थियो ।