इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित जामिआ खेल मैदानमा जारी प्रथम कोशी सभामुख कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज आयोजकलाई हराउँदै इटहरी फाइनलमा प्रवेश गरेको छ ।
सेमिफाइनल खेलमा शान्ति युवा स्पोर्टिङ क्लब इटहरीले आयोजक क्लबलाई ३-० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका ४ न. वडा कार्यालयको मुख्य सहयोगमा समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ ले जामिआ खेल मैदानमा प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को आयोजना गरेको हो । आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको सभामुख कप फुटबल प्रतियोगिताको फाइनल खेल कार्तिक २२ गते हुनेछ भने प्रतियोगिताको विजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद २५ हजार र उपविजेता टोलिलाई सिल्ड मेडल, प्रमाणपत्र सहित नगद १५ हजार पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।