इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनका एकै परिवारका ६ जनालाई अरिङ्गारले टाेक्दा घाइते भएका छन् ।
घाइते हुनेहरुमा बराहक्षेत्र-११ का २९ वर्षका निरज मण्डल, ५ वर्षकी अंकिता मण्डल, ३ वर्षकी राधिका कुमारी मण्डल, १ वर्षकी पार्वती मण्डल, ६५ वर्षकी प्रभावती मण्डल, ९ वर्षका सिद्धान्त मण्डल रहेको जिल्ला अस्पताल सुनसरीले जनाएको छ ।
घाइतेहरुको उपचार जिल्ला अस्पताल सुनसरी इनरुवामा भैरहेको र उनिहरुको अवस्था सुधारन्मुख रहेको जिल्ला अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट श्रीया पंगेनिले जानकारी दिएकी छिन् ।
कोशी प्रदेशसभाका सदस्य हाजी इस्राइल मन्सुरी, नेपाल तरुण दलका केन्द्रिय सदस्य सुनिल कुमार साह, नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर-४ का सचिव जुगेश्वर यादव, नेपाली काङ्ग्रेस भोक्राहा नरसिंहका प्रभावशाली युवा नेता राजेन्द्र प्रसाद मेहता, नेपाली काङ्ग्रेसका युवा नेता सोहेल अख्तर अन्सारी,कोशी प्रदेश सभा सदस्य मन्सुरीका स्वकीय सचीव सेराज हुसेन, शिक्षक मोहम्मद उसमान लगायतका टोलि अस्पताल पुगेर स्वास्थ्य अवस्थाकाअ बारेमा जानकारी लिएका छन् ।
कोशी प्रदेशसभा सदस्य मन्सुरीले बिरामीहरुलाई उपचारमा केही कमि हुन नदिन अस्पतालका डाक्टरहरुलाई निर्देशन दिएका छन् ।
बिरामीहरुको उपचार जिल्ला अस्पताल सुनसरी इनरुवाको इमर्जेन्सी कक्षमा उपचार भैरहेको र उनिहरुलाई शुक्रबार डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।