इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा गए राति आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको छ ।
इनरुवा–१ स्थित बृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुदाँ ५० लाख भन्दा बढीको क्षति भएको हो ।
लक्ष्मीपूजाको दिन स्थानियले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
आगलागीबाट १ वटा काठको घर र घरभित्र सञ्चालन रहेको किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुदाँ ५० लाख भन्दा बढीको क्षतिको सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
इनरुवा,दुहबी,धरान, कोसी, इटहरी, देवानगञ्ज र रामधुनी लगायतका स्थानबाट आएका बारुणयन्त्रसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।