बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिका–३ सिध्राहा वाणी माविको खेलमैदानमा जारी प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगितामा गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी भएको छ । गछिया भेट्रान फुटबल क्लवले १ गोल गरेको थियो भने ग्रामथान भेट्रान फुटबल क्लवले २ गोल गर्दै बिजयी भएको हो ।
म्यान अफ द म्याच ग्रामथान भेट्रान फुटबल क्लवका तेजमान लिम्बु भएका थिए । प्रथम ग्रामथान भेट्रान कप २०८०फुटबल प्रतियोगितामा मोरङ र सुनसरी गरी १२ वटा टिमको सहभागिता रहेको आयोजक संस्थाका सचिव सम्पतलाल चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी टिमले नगद ५० हजार सहित प्रमाणपत्र,सिल्ड मेडल पाऊने छ भने उप विजेताले नगद ३० हजार सहित प्रमाणपत्र, सिल्ड मेडल पाऊने आयोजकले जनाएको छ ।
ग्रामथान भेट्रान फुटबल क्लब र इन्द्रेणी सामुदायिक विकास केन्द्र ग्रामथान–३ को आयोजना र ग्रामथान गाउँपालिका मोरङको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्यान भएका खेलाडीलाई नगद १ हजार ५ सय उपलब्ध गराउनेछ । आजको प्रतियोगितमा हाम्रो इटहरी भेट्रान क्लब र बिराट चौक भेट्रान क्लव बीच खेल हुनेछ । प्रतियोगिता पुस १४ गते देखी पुस २५ गते सम्म संचालन हुनेछ ।