विराटनगर । मोरङको कटहरी गाउपालिकाले तुलसी खेती सम्वन्धि दुइ दिने तालिम शुरु गरेको छ । तुलसी खेतीवाट जडिवुटि उत्तपादनगर्न सहज होस भन्ने उदेश्यले सो पालिकाले आज देखी किसानलाइृ तालिम दिन शुरु गरेको हो ।
पालिकाका ३५ जना किसान सहभागी भएको सो तालिमको पालिकाका अध्यक्ष देवराज चौधरीले उद्घाटन गर्नुभयो । पालिकाले वर्डा न ५ का किसानलाई तुलसीखेतीका लागि प्रतिकठा तिन हजार रुपैया अनुदान दिने निर्णय गरेको छ ।
किसानले उत्तपादन गरेको तुलसीका सुकेका पात, जरा तथा डाठ खरिद गर्न जडिवुटी उत्तपादगर्दै आएको सो पालिकमा रहेको गुरास हर्वास्युटिकल्स प्रालीसंग खरिद सम्झोता गरेर तालिम दिन शुरु गरेको पालिकाका अध्यक्ष चौधरीले वताउनुभयो ।
पाइलट प्रोजेक्टको रुपमा पालिकाले तुलसी खेती शुरु गर्न लागेको हो । यस्तो प्रकारको तालिम नेपालमै पहिलो भएको सो पालिकाको दावी छ ।
जडिवुटी उत्तपादनका लागि सो कम्पनीले भारतवाट तुलसी ल्याउने गरेको देखेर किसानलाई प्रोत्साहित गर्दै आफनै पालिकामा तुलसीको उत्तपादगर्न तालिमको उदेश्य रहेको छ ।
पालिकाका प्रमुख प्रसासकिय अधिकृत मनोजकुमार साहले किसानले उत्तपादन गरेको तुलसी प्रति केजी १ सय १० रुपैयामा खरिद गर्ने गरि सो कम्पनीसंग सम्झौता भएको वताउनुभयो ।
एकवर्षमा तिन पटक तुलसी उत्तपादगर्न सकिने कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंहले वताउनुभयो । पालिकाले अनुदान दिएपछि तुलसी खेतीका लागि सो पालिकाका किसान समेत उत्साहित भएका छन ।
२०८१ सालको असार मसान्त सम्म सो कम्पनीले किसनासंग तुलसीका सुकेका वोट खरिदगर्ने सम्झौता भएको छ ।