बाबुराम मुडियारी
ग्रामथान/ मोरङमा आदिवासी जनजाति समुदायका अगुवाहरूको विराटनगरमा एक भेलाले मोरङका विभिन्न स्थान तथा टोलहरूमा रहेको ग्रामथानहरूको संरक्षण गर्नका लागि विराटनगर भेलाले १५ सदस्यीय ग्रामथान संरक्षण तदर्थ समिति मोरङ हिजो गठन गरेको छ।
सो तदर्थ समितिका अध्यक्ष चन्द्र प्रसाद राजवंशी,उपाध्यक्ष सोमन लाल माझी थारू, उपाध्यक्ष,राज कुमार राजवंशी, सचिव दिलिप चौधरी,सह सचिव लाल बहादुर ताजपुरिया,कोषाध्यक्ष चन्द्र नारायण विश्वास रहेका छन् ।
त्यसैगरी सदस्यहरूमा कारू गच्छदार,लगनु राजवंशी,राम सिंह,जय प्रकाश राजवंशी,रामदेव राजवंशी, भगवान वेस्रा , गिता कुमारी राजवंशी,पाँचु थन्दार धामी रहेका हुन् । भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ।
सल्लाहकार समितिमा दिल बहादुर थेवे, महि नारायण चौधरी, सावित्री चौधरी, सुनिल चौधरी, अधिवक्ता राज कुमार राजवंशी रहेका छन् । यस समितिले मोरङका विभिन्न स्थान तथा टोलहरूमा रहेका ग्रामथानहरूका तदर्थ संरक्षण समिति गठन गरी ग्रामथानका जग्गाहरूलाई अतिक्रमण हुन् नदिन् कार्यहरू गर्ने छ।
ग्रामथान संरक्षण गदै मोरङका आदिवासी जनजातिहरूको ग्रामथानहरू तथा साँस्कृतिक भूमीहरूलाई स्थानिय तह, पालिकाहरूमा ग्रामथान स्थल तथा साँस्कृतिक भूमी पञ्जिकरण दर्ता गरी संरक्षण गर्ने छ।
भेलामा लाहुर्निप संस्था अध्यक्ष दिनेश घले, सचिव भीम राई, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद मोरङ अध्यक्ष दिल बहादुर थेवे, ग्रामथान संरक्षण तदर्थ समिति सुनसरी अध्यक्ष सावित्री चौधरी , सचिव सुनिल चौधरी, आदिवासी जनजाति समुदायहरूका अगुवा, आदिवासी संघ संस्थाका प्रतिनिधिहरू, ग्रामथान पुजारी, ग्रामथान गहदार लगाएतको उपस्थिती रहेको थियो।
हाल ग्रामथान स्थलहरूको अतिक्रमण गर्ने कार्य बढदै गएको आदिवासी अगुवाहरू बताउँछन् ।पहिला पहिला ग्रामथान हरू फराकिलो स्थानमा स्थल थियो ।हाल ग्रामथान हरूको जग्गा हरू लाई अतिक्रमण गरी व्यत्तिहरूले आफ्नै नाममा दर्ता गर्ने गरेको प्रवृति समाजमा पाईन्छ यस लाई सरकारले रोक्नु पर्छ आदिवासी प्रतिनिधि बताउँछन् ।
आदिवासी समुदायहरू आदिवासीहरूको ग्रामथान स्थल र साँस्कृतिक भूमी संरक्षण गर्नुपर्नेमा सबै ध्यान जानुपर्ने आवश्यक रहेको आदिवासी अगुवा हरूको जोड रहेको छ। आदिवासी जनजाति समुदायहरूको संस्कार, संस्कृति ,परम्परा,रितिरिवाज, चालचलन संरक्षण हुने देखिन्छ ।
सरकारले पनि ग्रामथानहरूमा विकासका नाममा हिन्दू देवी देवताका मन्दिर, विभिन्न कार्यलय भवनहरू बनाऊने गरेकोले ग्रामथान हरूमा कुनै पनि विकासका कार्यहरू गर्नुपूर्व आदिवासी हरू सगँ मन्जूरी नलिई कुनै पनि विकासका कार्यहरू संञ्चालन, निमाण॔ कार्य तत्काल सरकारले रोक्नुपर्ने आदिवासी समुदायहरूका प्रतिनिधि हरू बताऊछन् ।
आदिवासीहरूको आदिम काल देखी गर्दै आएको पुजाआजा गर्ने स्थानलाई ग्रामथान भनिन्छ । आदिवासी समुदायहरू आफ्नो संस्कार संस्कृति चार्डपर्वहरूमा समय समय ग्रामथानमा पुजाआजा आदिम काल देखिनै गदै आएका छन् ।
स्थानिय सरकार संञ्चालन ऐन २०७४ मा पनि ग्रामथान संरक्षण गदै पञ्जिकरण दर्ता स्थानीय तहले गर्नुपर्ने व्यवस्था रहेको छ। ग्रामथानहरू लाई अतिक्रमण हुन् नदिई संरक्षण गर्नुपर्ने तर्फ तीनै सरकारको ध्यान जानुपर्ने आवश्यक देखिन्छ ।