सुनसरी । थारु समुदायको कला साहित्य तथा जातिय पहिचानका लागी सुनसरीको दुहबी र इनरुवामा माघि महोत्सव २०८० को आयोजना हुने भएको छ ।
थारु कल्याणकारी सभा दुहबी र इनरुवाले माघी संक्रान्तीको अवसर पारेर जातीय पहिचान हुने गरि छुटछुट्टै स्थान र समयमा एकदिने महोत्वसको आयोजना गर्न लागेको हो ।
सुनसरीको इनरुवा –५ बलाहा लाटिदेवी ग्रामथान अगाडि पौष २८ गते र दुहबी –५ सरस्वती माबीको प्राङ्गणमा माघ १ गतेका दिन महोत्सव हुने थारु कल्याण कारिणीसभाले जनाएको छ । महोत्सव लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजन गर्न लागेको दुहबीका अध्यक्ष महेश माझीले बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री बिजय गच्छ्दारको प्रमुख आतिथ्यमा समुद्घाटन हुने महोत्सवमा घोघीं,बगिया, तिलको लड्डु,मुरीको लड्डु,परेवा र हाँसको मासु,माछा लगायतका थारु परिकारको स्टल रहने साथै थारु जातीको भेषभूषा र रहनसहन झल्किने अन्य सामाग्रीहरु समेत रहने छन् ।
महोत्सवमा थारु सांस्कृतिक झल्कने झाँकी ,पौराणीक नृत्य पनि प्रदर्शन हुने, भेषभुषा र रहनसहनमा आधारीत भएर तयार पारिएको वृतचित्र महोत्सवमा प्रस्तुत गरिने इनरुवाका अध्यक्ष रोहित थारुले जानकारी दिनुभयो ।
थारु जातीको भेषभुषा, पहिरण,गरगहना, लवाई खवाई जस्ता मौलिक हस्तकलाको विषयको प्रदर्शन एवं विक्रि वितरणबाट कोशी प्रदेश थारु जातिमा बढने अपनत्व भाव,सांस्कृतिक महत्व र आन्तरीक पर्यटनको महत्वलाई दृष्टिगत गरि वृहत रुपमा यसपटकको महोत्सव गर्न लागिएको बताइएको छ ।
महोत्सवमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढि थारु समूदायका अगुवाको सहभागिता रहने आयोजकले जनाएको छ ।