हरिनगर । नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर–४ हरिनगर गाउँपालिकाको आयोजनामा समुदायमा कांग्रेस अभियान हरिनगरमा सम्पन्न सोमवार सम्पन्न भएको छ ।
नेपाली कांग्रेसले माघ १६ गतेदेखि २६ गतेसम्म समुदायमा कांग्रेस अभियान अन्र्तगत हरिनगरमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग समुदायमा कांग्रेस अभियान अन्तर्गत राय सुझाव संकलन गरिएको र यसलाई कार्वान्वयन गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपाली कांग्रेसले जनतामा उत्पन्न भएका निराशालाई चिर्नका लागि अभियान सुरु गरिएको र आएका सल्लाह सुझावलाई मध्यनजर गर्दै पार्टीले कार्यान्वयन गर्नेतर्फ अग्रसर हुने नेपाली कांग्रेस सुनसरीका सदस्य पूर्णराज यादवले बताए ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार सुनसरी कांग्रेसले पालिका, वडा स्तरमा पुगेर समुदायमा कांग्रेस अभियानलाई सफल बनाउनका लागि कार्यक्रमहरु भइरहेको उनले बताए ।