इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाईन्टबाट आइतबार करिव १५० किलो गाँजा सहित १४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार पुर्णियाका ३१ बर्षिय मनोरन्जन मुइमार, २३ बर्षिय सञ्जय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३९ बर्षिय गोपी मण्डल, ३५ बर्षिय दया मण्डल, ३७ बर्षिय राजेश मण्डल, ४० बर्षीया पुनम देवी, २४ बर्षीया गुडिया देवी, २३ बर्षिय सन्तोष साह, २३ बर्षिय अङकितकुमार यादव, १८ बर्षिय राजा जैसवाल, १७ बर्षिय शिवम् सिंह र १७ बर्षिय सत्यम यादव रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
धनकुटाबाट धरान तर्फ आउँदै गरेको बिआर १० पी ९१५४ नम्वर भारतीय सवारी सधानलाई चेकजाच गर्ने क्रममा ५० केजी, पी १७ टिए ०५१२ नम्वरको भारतीय सवारी साधनलाई चेकजाच गर्ने क्रममा ९९ केजी गाँजा गरी जम्मा १४९ केजी गाँजा र सोही कार्यमा संलग्न बिआर १० एजे ४४८६ नम्वरको सवारी सधानमा सवार १४ लाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
गाँजा तस्करीको बिषयमा थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।