इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बुढासुब्बा आधारभूत विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको छ । पूर्व कृषि राज्यमन्त्री लक्ष्मण मेहताले विद्यालयमा अध्ययनरत १ सय १० जना बालबालिकालाई पोसाक वितरण गर्नुभएको हो ।
सरस्वती पूजाको अवसरमा बालबालिकालाई पोसाक तथा जुत्तामोजा सेट र एक प्याकेट बिस्कुट वितरण गरिएको मेहताले बताउनुभयो । मेहताले विद्यालयमा एक कार्यक्रमबिच बालबालिकालाई पोसाक वितरण गर्नुभयो ।
पुर्वराज्यमन्त्री मेहताले विगत वर्षदेखि बालबालिकाहरुलाई पोशाक वितरण गर्दै आइरहेको छ । जाडोयाममा गत वर्ष पनि बिभिन्न विधालयका बालबालिकाहरुलाई विधालय पोशाक समेत वितरण गर्नुभएको थियो ।
पोसाक वितरण कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, इनरुवा नगरपालिका उपप्रमुख विनीता मेहता, सदस्य वीरेन्द्रकुमार मेहता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि थापा मगरलगायतको उपस्थिति थियो ।