सुकदेव चौधरी
इनरुवा । सदरमुकाम इनरुवामा नेपाल बार एशोसिएशन जिल्ला बार इकाई सुनसरीका नवनिर्वाचित पदाधिकारीहरुको शुक्रबार एक कार्यक्रमका बिच शपथ ग्रहण तथा पदस्थापन गरिएको छ । दुई वर्षे कार्यकालको लागि गत फागुन १९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा पार्षदहरुलाई केन्द्रिय बारको निर्देशिका बमोजिम शपथ ग्रहण गराई पदस्थापन गरिएको हो ।
उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा निर्वतमान अध्यक्ष अश्विनी कुमार भट्टराईले नव निर्वाचित कार्य समितिका पदाधिकारीहरु तथा केन्द्रिय पार्षदहरुलाई शपथ ग्रहण गराईको थियो भने शपथ ग्रहण पश्चात पदाधिकारीहरुलाई कार्यक्रमको विशिष्ठ अथिति, अतिथि वरिष्ठ अघिवक्ता लागयतले प्रमाण पत्र, खादा अबिरलाई पदभार ग्रहण गरिएको थियो ।
उक्त कार्यक्रमका विशिष्ठ अथिति तथा सुनसरी जिल्ला अदालतमा न्यायाधिश मुकेश उपाध्यायले नव निर्वाचित पादधिकारीहरुलाई बधाई शुभकामना सहित कार्यकालको सफलता दिएका थिए । न्यायाधिश उपाध्यायले स्वच्छ र निश्पक्ष न्यायका लागि बार बेन्च एक जुट भएर आ–आफ्नो भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा न्याय सम्पादन छिटोछरितो, भ्रष्टाचारमुक्त बनाई कार्य क्षेत्र देखा पर्ने समस्यालाई बार बेन्चको छलफलबाट निराकरण गरी सेवाग्राहीलाई न्यायको प्रत्याभूती दिलाउन अग्रसर हुनु पर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो । सहमतिको बार संचालन गर्ने निर्णय बमोजिम अध्यक्षमा विरेन्द्र बहादुर बस्नेत, उपाध्यक्षमा बलराम राई, कोषाध्यषमा मनोज कुमार अधिकारी, सहसचिवमा ममता कुमारी चौधरी निर्विरोध चयन भएका थिए ।
सचिव पदको लागि मात्र भएको चुनावबाट लक्ष्मण भट्टराईलाई पराजित गर्दै किशोर कुमार चौधरी निर्वाचित भएका थिए । त्यसैगरी कार्य समिति सदस्यहरुमा सुकदेब चौधरी, प्रकाश पोखरेल, खगेन्द्र ढकाल, तेन्जीङ्ग शेर्पा, सुरेन्द्र गौतम, रविन्द्र कमाुर मण्डल, इन्द्र बहादुर सुब्बा, केदार बस्नेत चयन भएका थिए ।
केन्द्रिय पार्षदहरुमा कमल बहादुर श्रेष्ठ, राजेन्द्र फुयाल, रुद्र बहादुर न्यौपाने, राजन राई, विशाल श्रेष्ठ, विशाल घिमिरे, अनिता साह, मीना काफ्ले र राजन अधिकारी चयन भएको निर्वाचन समितिका सदस्य शिव कुमार राईले जानकारी दिनुभयो ।
सो कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु अर्जुन मेहता, हेरामज पोखरेल, रामप्रसाद घिमिरे, सुमनचन्द्र कार्की, न्यायाधिशहरु सन्तोष प्रसाद पराजुली, उद्ववप्रसाद गजुरेल, पुन्यप्रसाद सापकोटा, विकास श्रेष्ठ, सुरेशराज खनाल, सम्भु गौतम, नगेन्द्रकुमार कालाखेती, उषा श्रेष्ठ श्रेस्तेदार नारदप्रसाद भट्टराई, जिल्ला न्यायधिवक्ता टेकनाथ अधिकारी, पूर्व अध्यक्षहरु शिवराज चौहान, कृष्ण दाहा, मणिराज दुलाल, राजु ढकाल, शारदा प्रसाद अधिकारी लगायत बार इकाईमा आवद्ध कानून व्यवसायीहरुको उपस्थिती रहेको थियो ।