काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पुर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीबाट जाने हजयात्रीहरुलाई विदाई गर्नुभएको छ ।
साउदी अरवको मक्का मदिनामा ४४ दिनका लागि प्रस्थान गर्नुभएका हज तिर्थयात्रीहरुलाई माला र खादा लगाई उहाँले विदाई गर्नुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगि उहाँले हज गर्न जाने हजयात्रीहरुलाई विदाई गर्नुहुदै उहाँले सफल यात्राको कामना समेत गर्नुभयो ।
सुनसरीबाट १ सय ६२ जना हज गर्न जाने हजयात्रीहरुलाई सामुहिक रूपमा विदाई गर्नुभएको हो । ४४ दिनको हज यात्रा पूरा गरि नेपाल फर्किने नेपाल हज समितिले जनाएको छ ।