Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १६, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाए
41
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक सुधार तथा व्यवस्थापकिय सुधारको माग गर्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ ।

बुधबार इनरुवा नगर शैक्षिक सुधार अभियानका संयाेजक दिलिपचन्द साहु नेतृत्वको टोलीले क्याम्पस प्रमुख रमेश कुमार मण्डललाई शैक्षिक सुधार गर्न ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको हो ।

प्रमुख मार्फत सुनसरी बहुमुखी क्याम्पस संचालक समिति अध्यक्षलाई तीन दिनभित्र तत्काल सम्बोधन गर्नुपर्ने विधार्थीका लागि खानेपानीको व्यवस्था, विषयगत दक्ष प्राध्यापकको म्याद थप, नियमित पठनपाठनको वातावरण मिलाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको जनाएको छ ।

अभियानले सुनसरी बहुमुखी क्याम्पस, इनरुवा ४, सुनसरीमा क्याम्पसका संस्थापक श्यामप्रसाद गुप्ता सहित संस्थापक सहयोगीहरुको स्मारक बनाउनुपर्ने, प्राध्यापकहरुको म्याद थपमा विभेदकारी कदम फिर्ता लिई काम गर्दै आएको योग्य प्राध्यापकहरुको म्याद थप गरि पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अडिटमा पारदर्शिता हुनुपर्ने, क्याम्पसको आयव्यय र सम्पत्ति सार्वजनिक गर्नुपर्ने , क्याम्पसको विकासको लागि गुरु योजना निर्माण तथा सार्वजनिक गर्नुपर्ने सहितको माग राखेको छ ।

त्यसैगरी ज्ञापन पत्रमा विधार्थीबाट आलोचित , आरोपित र कक्षामा अनुशासनको पालन नगर्ने प्राध्यापकहरु माथी कार्वाही गर्नुपर्ने र विगत १० वर्षदेखि कार्यरत प्रध्यापकलाई कार्य मूल्यांकन नगरीकन अन्यायपूर्ण बर्खास्तको निणर्य सच्याउनुपर्ने र यस्तो निणर्य फिर्ता लिई योग्य प्रध्यापकहरुको म्याद थप गरि श्रमको सम्मान र पेशागत सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग राखेको छ ।

यसैगरी विगत र हालका व्यवस्थापन समितिको कार्यकालमा भएको निणर्यहरु सार्वजनिक गर्नुपर्ने, विगतमै मानबिकी संकाय के कती कारणले हटाईएको छ ?, यसको कारण सार्वजनिक गर्नुपर्ने, क्याम्पस अगाडि तरकारी बजारले गर्दा विद्यार्थीहरुलाई एकदमै अप्ठ्यारो भएकोले बाटो खाली गराउनुपर्ने, प्ल्स टु को कक्षामा शैक्षिक योग्यता नपुगेका शिक्षकहरुले पढाईरहेकोले त्यसता शिक्षक हटाउनुपर्ने , सरकारी विद्यालयका शिक्षकहरुलाई प्राध्यापकको जिम्मेबारी दिएको र अर्को तर्फ नगरको मावि तहको शिक्षालाई बिग्रार्ने प्रयास समेत क्याम्पसले गरेकाले त्यसको सर्वपक्षिय समिक्षा गर्नुपर्ने सुझाव समेत दिएको छ ।

त्यसैगरी क्याम्पसलाई मागि खाने भाडोको रुपमा प्रयोग नगर्न र शैक्षिक संस्थाको रुपमा विकास गर्नुपर्ने, विधार्थीहरुका लागि स्वच्छ खानेपानी, उचित खेलकुदको व्यवस्था गर्नुपर्ने, अतिरिक्त कृयाकलाप , अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था मिलाउनुपर्ने , परियोजना कार्य सहित सिक्दै सिकाउदै व्यवस्थित शैक्षिक वतावरणको रुपमा विकास गर्नुपर्ने र विगतदेखी हालसम्म भएको शैक्षिक उपलब्धी तथा नतिजा विशलेषण गरी विषयगत रुपमा अवस्था विषेशण गरी राम्रो शिक्षकहरुलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

अभियानका संयोजक साहुले आफूहरुको माग तीन दिन भित्र सम्बोधन गर्ने बाचा, प्रतिवद्धा र कार्यान्वयनको ठोस अधार नदिएको खण्डमा थप संघर्षको कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिनुभएको छ । त्यसबाट हुन सक्ने असहज अवस्थाको सम्पूर्ण जिम्मेबार क्याम्पस प्रशासन र सञ्चालक समिति हुने चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख मण्डलले संचालक समितिमा छलफल गर्ने प्रतिकृया दिनुभयो ।
उता स्थानीयहरुले इनरुवाको गहनाको रुपमा रहेको शैक्षिक संस्था मध्ये पुरानो र उच्च शिक्षा अध्यापन हुदै आएको सुनसरी बहुमुखी क्यापम्समा पछिल्लो समय नियमित पठनपाठन नभएको, शिक्षक विधार्थी बीचमा सम्बन्ध राम्रो नभएको, राम्रो प्राध्यापकलाई पाखा लगाउने र अयोग्यहरुको भिड बढाउने होडमा लागेको गुनासो बाहिर आएकाले इनरुवा नगर शैक्षिक सुधार अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

करिब पाँच दशकदेखी साविकको प्रविणता प्रमाण पत्र, स्नातक तह, स्नातोत्तर तहसम्मको पठनपाठन भइरहेको र हाल प्रविणता प्रमाण पत्र हटाएकोले कक्षा ११ र १२ सहितको कक्षा र शिक्षा शास्त्रमा स्नातोत्तर तहसम्मको पठनपाठन भइरहेकोमा सञ्चालक समितिको बेवास्ता र क्याम्पस प्रमुख तथा प्राध्यापकहरुको बीचको तालमेल नमिल्दाको अवस्थाले शैक्षिक गुणस्तर खस्कदै गएकाले हाल सबै तहमा विधार्थीको संख्या घट्दै गएको छ ।

क्याम्पसलाई केहीले कमाई खानेभाडोको रुपमा त कोहीले राजनीतिक थलोको रुपमा र कोहीले प्रतिसोध साध्ने मेलोको रुपमा लिएकाले गुणस्तर खस्कदै गएको पाईएको समाजसेवी तथा अभियन्ता रंजित मलाकारले जानकारी दिनुभयो ।

अर्का अधिकारकर्मी तथा पूर्व स्वतन्त्र विधार्थी युनियन सभापती धर्मविर आर्यले समग्र क्याम्पसको सुधारका लागि ज्ञापन र ध्यानाकर्षण पत्र बुझाएको त्यसमा सम्बोधन नभए तालाबन्दीसम्मको कार्यक्रम हुन सक्ने प्रतिक्रिया दिनुभयो ।

क्याम्पसमा होम सेन्टर हुदै आएकोमा सेन्टर बाहिर सार्नेदेखी भएको विधार्थीलाई नपढाई पार्टी कार्यकर्ता भर्ना गर्ने र योग्य प्राध्यापकहरुलाई म्याद थप नगरी अन्याय गर्ने लगायतको गतिविधिले समग्र इनरुवाबासीको आस्थाको केन्द्र सुनसरी बहुमुखी क्याम्पसमा मनोमानी गर्ने परिपाटी बढेकोले त्यसमा सुधारको माग सहित ध्यानाकर्षण गराएको स्थानीय बुद्धिजिवि ज्ञानदेव पण्डितले जानकारी दिनुभयो ।

Share16Tweet10SendScan
Previous Post

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

Next Post

मोरङको लोहन्द्रा खोलामा  कृतिम घटना अभ्यास

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
मोरङको लोहन्द्रा खोलामा  कृतिम घटना अभ्यास

मोरङको लोहन्द्रा खोलामा  कृतिम घटना अभ्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In