बाबुराम मुडियारी
मोरङ । भोजपुरमा गएको बाढी पहिरो पीडितलाई कोशी प्रदेशका मन्त्री र राज्यमन्त्रीले राहत वितरण गरेका छन् ।
साल्पासिलिछो गाउँपालिकाको दोभान, षडानन्द नगरपालिका पुगेर उनीहरुले राहत वितरण गरेका हु्न । बाढी पहिरोमा परेमा १५ घरपरिवार एक साताअघि विस्थापित भएका थिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी र मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईले राहत वितरण गरेका हुन् । ५ परिवारलाई तत्कालै राहत दिएको र अरुलाई विवरण आएपछि राहत दिइने राज्यमन्त्री राईले जानकारी दिएकी छन् ।
उनीहरु त्यस क्षेत्रमा विद्युत गृह, झोलुंगे पुल लगायतमा भएको क्षतिको अनुगमन गर्न घटनास्थलमै पुगेका थिए । घटनास्थलको निरीक्षण गरेर फर्किएको सोमबार राज्यमन्त्री राईले जानकारी दिनुभयो ।