बाबुराम मुडियारी
मोरङ । विराटनगरको बरगाछीमा रहेको ट्राफिक लाईट आजबाट औपचारिक रुपमा संचालन गरिएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा जडान गरिएको ट्राफिक लाईटको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाभल्लव अधिकारीले लाईटको स्वीच अन गरेर उद्धघाटन गरेका छन्।
सडकको ट्राफिक व्यवस्थापनका लागि प्रदेश सरकारको बजेटमा जडान भएको ट्राफिक लाइटको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले विराटनगरमा हुने सवारी दुर्घटना न्यूनिकरण हुने बताउनुभयो ।
विराटनगरको बरगाछी अत्याधिक दुर्घटना हुने क्षेत्रमा पर्दछ। चोकमा जडान भएको ट्राफिक लाइटको व्यवस्थापन ट्राफिक प्रहरी कार्यालय मोरङले गर्नेछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक सुमन न्यौपानेले ट्राफिक नियमको पालनाका लागि केही समय लाग्ने बताउनुभयो ।