बाबुराम मुडियारी
मोरङ । रंगेली नगरपालिका वडा नम्बर २ दौलतपुर स्वास्थ्य चौकी कार्यालय को प्राङ्गणमा स्थानीय बासिन्दाका लागि नि:शुल्क आँखा शिविरको आयोजना गर्ने भएको छ।
अगामी श्रावण २९ गते मङ्गलबारका दिन बिहान १० बजेदेखि रामलाल गोल्छा आँखा हस्पिटल तथा रंगेली वडा नं २ दौलतपुर कार्यालयको संयूक्त आयोजनामा संञ्चालन हुने शिविरमा आखाँ जाँच तथा परिक्षण गराउन सहभागी हुन वडा कार्यालयले सबैलाई आग्रह गरेको छ।
शिविरमा आँखा सम्बन्धी सम्पूर्ण स्वास्थ्य परीक्षण, परामर्श, र आवश्यक औषधि वितरण गरिनेछ। यस अवसरमा स्थानीय बासिन्दाहरूले आफ्नो आँखा स्वास्थ्य जाँच गराई शिविरको लाभ लिन सक्नेछन्
। साथै मोतिया बिन्दु भएका बिरामीको निःशुल्क आँखाको शल्यक्रिया पनि गर्ने व्यवस्था मिलाएको छ।
रङ्गेली वडा नम्बर २ दौलतपुर को आयोजनामा हुने नि: शुल्क आँखा शिविरको प्रचार-प्रसार गर्दै शिविरमा सबैलाई सहभागी भैइ लाभ लिन र आफ्नो आँखाको जाँच तथा परिक्षण गर्न रंगेली नगरपालिका -२ का वडा अध्यक्ष सन्तलाल खवासले आग्रह गरेका छन् ।
यस नि : शुल्क आखाँ शिविर संञ्चालनले रंगेलीका स्थानीयहरूको आखाँ जाँच तथा परिक्षण गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
रंगेली नगरपालिका वडा नं २ का वडा अध्यक्ष खवासले समय समयमा स्वास्थ्य शिविर तथा स्वास्थ्य परिक्षण लगाएतका कार्यक्रम संञ्चालन गरिरहेको बताए ।