अजित कुमार झा
इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी वल(एपीएफ) ४ नम्वर गण सुनसरी, नेपाल र भारतीय सीमा सुरक्षा बल(एसएसबी) ५६ नम्वर बटालियन बीच मैत्रीपूर्ण भलिवल प्रतियोगीता दुवै देशको सीमा दशगजामा सम्पन्न भएको सशस्त्र प्रहरी वल ४ नम्वर सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।
दुवै देश बीच लगातार २ सेटमा भारतीय सीमा सुरक्षा बल(एसएसबी) ५६ नम्वर बटालियनलाई पराजित गर्दै उपाधि एपीएफले हासिल गरेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।
बिजयी भएकालाई ट्रफि, सिल्ड प्रदान गरेका थिए भने उपबिजेता भएका एसएसबी तर्फका खेलाडिलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
दुवै देशको सम्बन्धलाई सुमधुर बनाउनका लागि र सीमा क्षेत्रबाट हुने अपराधिक घटना नियन्त्रणका लागि मैत्रीपूर्ण भलिवल प्रतियोगीताले मदत पुग्ने सशस्त्र प्रहरी उपरीक्षक बज्रार्चायले जानकारी दिनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, प्रहरी उपरीक्षक बिपिन रेग्मी, भारतीय सीमा सुरक्षा बल(एसएसबी) ५६ नम्वर बटालियनका कमाण्डर सुरेन्द्र बिक्रम, दुवै देशका सुरक्षा अधिकारी लगायतको सहभागीता रहेको थियो ।