Thursday, May 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

राहत नपाएको बाढी पीडितको गुनासो, वडा कार्यालयमा तालाबन्दी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३०, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
राहत नपाएको बाढी पीडितको गुनासो, वडा कार्यालयमा तालाबन्दी
27
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा । यही असोज ११ र १२ गते आएको बाढीले सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० बर्षीया परमिला खत्वेको घरमा ५ फिट सम्म पानी जमेको थियो ।

बाढीको पानी घर छिरेपछि बस्नुका साथै खाना बनाउनका लागि समेत समस्या भएको थियो । बाढीले ३ दिन सम्म भोकै बस्नुपरेको खत्वेको भनाई छ । तर पछिल्लो समय वडा कार्यालयले राहत वितरण गर्दा नपाएको उहाँले गुनासो व्यक्त गर्नुभयो ।

बाढीले घरमा भएको अन्नपात, लत्ताकपडा, भाडा वर्तन सबै बगाएर लगेको भएपनि अहिले सम्म राहत नपाएको खत्वेको भनाई रहेको छ । उहाँ जस्तै कुमारी खत्वेको अवस्था समेत उस्तै रहेको थियो । बाढीले उठिबास बनाएका बेलामा वडामा आएको राहतमा समेत बिभेद भएको कुमारी खत्वको भनाई रहेको छ ।

प्रमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । उहाँ जस्तै भोक्राहा नरसिंह गाउँपालिकामा बाढीबाट पीडित भएका बास्तवीक पीडितले अहिले सम्म राहत नपाएको गुनासो गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकामा बाढीबाट पीडित भएकालाई डब्लु.एफ.पी.ले प्रति परिवार १५ हजारका दरले वितरण गरेको भएपनि बास्तवीक पीडितलाई राहत नदिएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धिरेन्द्र कामैतले बताउनुभयो ।

बाढीबाट पीडित भएकाको लागि राहत आएको भएपनि पहुच र पावर भएकाले मात्र राहत पाएको कामैतको भनाई रहेको छ ।बाढीले १० कठ्ठा भन्दा बढी धानबाली नष्ट हुनुका साथै घरमा समेत क्षति भएपनि पहुच र पावर नभएका कारणले राहत नपाएको धिरेन्द्रले राससकर्मी समक्ष गुनासो पोख्नुभयो ।

बाढीबाट पीडित नभएकालाई घरमा भएका व्यक्ति पिच्छै राहत दिएको भएपनि वास्तवीक पीडितले राहत नपाएको भोक्राहा नरसिंह गाउँपालिका–७ का चमरु मण्डलले गुनासो गर्नुभयो ।

यसैबीच बाढीबाट पीडित भएकाले राहत नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार बिरोध प्रदर्शन गरेका छन् ।

राहत वितरणमा विभेद गरेको भन्दै आक्रोसीत स्थानीयवासीले आन्दोलन गरेको स्थानीय जानकी देवी रामले बताउनुभयो । राहतको नाममा भ्रष्टाचार भएको र वास्तविक पिडितलाई नदिई गैर पीडितलाई राहत वितरण गरेको भन्दै आन्दोलन गरेको रामको भनाई रहेको छ ।

सयौंको संख्यामा आन्दोलनमा उत्रेका स्थानीयले वडा कार्यालयमा तालाबन्दी समेत गरेको स्थानीय तराचन मण्डलले बताउनुभयो ।

बाढीबाट पीडित भएकाका लागि आएको राहतमा वडा सदस्यलाई कुनै जानकारी नदिई आफ्नै मनले राहत वितरण गरेको भोक्राहा–३ का वडा सदस्य पनालाल खत्वले बताउनुभयो ।

वडामा आएको राहतको बिषयमा वडाका जनप्रतिनीधिसंग छलफल गरेर वितरण गर्नुपर्नेमा कुनै किसिमको सल्लाह वा निर्णय नगरिकन वडा अध्यक्षले एक्लौटी ढङगले वास्तवीक पीडितलाई नदिई गैर पीडितलाई वितरण गरेको वडा सदस्य खत्वेले राससकर्मी समक्ष प्रतिक्रिया दिनुभयो ।

यता वडा अध्यक्ष धिरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबार सम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समाधान गर्ने बताउनुभयो । यता भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले राजनीतिक प्रतिसोधका लागि केही बाढी पीडितलाई उचालेको बताउनुभयो ।

राहत वितरण गर्ने बेलामा कुनै–कुनै वडामा १५ हजार रुपैयाँ दिनुपर्नेमा १४ हजार रुपैयाँ मात्र वितरण गरेको गुनासो आफ्नो समक्ष समेत आएको बताउनुहुदै यस बिषयमा छानबिन गर्ने कार्य भइरहेको अध्यक्ष अजादले बताउनुभयो । यता डब्लु.एफ.पी.का नितेश श्रेष्ठले बाढी पीडितका लागि प्रति परिवार १५ हजार रुपैयाँका दरले नै वितरण गरेको बताउनुहुदै कतै कम दिएको पाइए कारवाही गर्ने प्रतिक्रिया दिनुभयो ।

बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा १ हजार २ सय ९३ घर धुरि प्रभावित भएको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्याङकले देखाएको छ ।

Share11Tweet7SendScan
Previous Post

सुनसरीमा बाढीका कारणले २ करोड ५० लाखँ रुपैयाँको धानखेतीमा क्षति  

Next Post

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In