अजितकुमार झा
इनरुवा । जिल्ला अस्पता इनरुवा सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राई माथि दुव्र्यवहार गर्ने तथा हातपात गर्नेलाई कारवाहीको माग गर्दै आइतबार राजनीतिकदलले ज्ञापनपत्र बुझाएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई डाक्टर राई माथि दुव्र्यवहार गर्ने र हातपात गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा एमाले, रास्वपा र नेकपा माओवादी केन्द्रले छुट्टा छुट्टै प्रजिअ तिवारीलाई ज्ञापनपत्र बुझाएको नेकपा एमालेका इनरुवा अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।
शनिबार नेपाली काङग्रेस इनरुवाका सचिव तथा इनरुवा–६ का खेमराज थापाले डाक्टर राई माथि हातपात गर्नुका साथै दुव्र्यवहार गरेका थिए ।
राजनीतिकदलले दोषी माथि काडा भन्दा काडा कारवाहीको माग समेत गरेका छन् । यसैबीच इनरुवा अस्पताल सुधार संघर्ष समितिले घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कानुन अनुसार कारवाहीका लागि माग गरेका छन् ।
अस्पतालका डाक्टर माथि अपराधिक घटना कुनै राजनैतिक पार्टीले ढाकछोप गर्न खोजे सुधार सङघर्ष समितिले प्रतिबाद गर्ने समितिका दिलिपचन साहले जानकारी दिनुभयो ।
चिकित्सक जस्तो बिरामीको सेवामा ओहोरात्र लाग्ने राष्ट्रसेवक कर्मचारी माथि हातपात गरेर अस्पतालमा डाक्टर टिक्न नदिने, अस्पताललाई दोहन गर्ने, भ्रष्टाचार गर्ने, अनावश्यक कर्मचारी भर्ना गर्ने र अस्पताललाई अस्थिरता तिर धकल्ने कार्य कादापी स्वीकार्य नहुने उहाँले बताउनुभयो ।
इनरुवावासीको स्वास्थ्यमा सहज पहुँच हुने नागरिकको नैसर्गीक अधिकारका लागि इनरुवा अस्पताल सुधार संघर्ष समिति सदैब लडिरहने उहाँले प्रतिद्धता समेत व्यक्त गर्नुभएको छ ।
त्यसैगरी जिल्ला अस्पताल इनरुवा सुनसरीका सम्पूर्ण कर्मचारीले एक बिज्ञाप्ती जारी गर्दै डाक्टर राई माथि ज्यान मार्ने उदेश्यले हातपात गर्ने माथि किटानी जाहेरी दिएको २४ घण्टा भित्र कारवाहि गर्न सरोकारवालासंग आग्रह समेत गरेका छन् ।
यसैबीच डाक्टर राई माथि हातपात गर्नेलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको बिषयमा निष्पक्ष छानविन गरेर दोषी माथि कारवाही प्रक्रिया अगाडि बढाउने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।