Saturday, June 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
in FEATURE, मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
40
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

नागरिक मिडिया प्रा. लि. विराटनगरद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक एवम् पत्रकार अरविन्द मेहताले गरेका थिए। गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल गायिका थिइन् ।

उनको योगदानलाई सम्मान गर्दै भारत सरकारले उनलाई ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरेको थियाे । शारदा सिन्हाले लोकसंगीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएकी छन्।

सभामा देवानगंज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जगनारायण मेहताले आफ्नो मन्तव्य राख्दै भने, “शारदा सिन्हाले हाम्रो विवाह संस्कारहरूलाई लोकगीतको माध्यमबाट सुन्दर जीवन दिइरहनुभएको छ। उहाँले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट जिउँदो राख्न महत्वपूर्ण भूमिका खेल्नुभएकाे छ।”

यस्तै, कार्यक्रममा वक्ता भिमनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता, र राजु मेहताले पनि गायिका सिन्हाको योगदानको विषयमा बोले। उनीहरूले सिन्हाले लोकसंगीतको माध्यमबाट मैथिली र भोजपुरी संस्कृतिलाई उजागर गर्दै सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

कार्यक्रमको समापन गर्दै पत्रकार अरविन्द मेहताले भने, “शारदा सिन्हा केवल एक लोकगायिका मात्र नभएर गीतसंगीतको देवी हुनुहुन्थ्यो। उहाँले लोकगीतलाई उच्च स्थानमा पुर्याउँदै हामी सबैको सांस्कृतिक धरोहरलाई समृद्ध बनाउन प्रेरणा दिनुभयो।”

गायिका शारदा सिन्हाको गीतहरूले मिथिला समाजको विभिन्न संस्कार र सांस्कृतिक विविधतालाई अमर बनाउँदै जनतामा आत्मीयता जगाएका छन्। उनले मैथिली र भोजपुरी लोकसंगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउँदै नेपाल र भारतको साझा सांस्कृतिक सम्पदामा महत्वपूर्ण योगदान पुर्याएकी छन्।

उनका प्रसिद्ध गीतहरू विवाह, पर्ब, तथा धार्मिक अनुष्ठानमा आज पनि उत्तिकै सजीव रूपमा गाइन्छन्, जसले गर्दा उनलाई “लोकसंगीतको देवी” को रूपमा चिनिन्छ।

उक्त श्रद्धाञ्जली सभामा सहभागी सबैले शारदा सिन्हाको स्मरण गर्दै उनको अद्वितीय योगदानलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

Share16Tweet10SendScan
Previous Post

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

Next Post

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In