जयकृष्ण यादव
इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ ।
रामधुनि नगरपालिका वडा नं.-२ को ४५ वर्षीय दिनेश कुमार चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
चौधरीको रामधुनी २ मा आफ्नो घर तर्फ सिटि सफारी चलादै जादै गरेको सिटिमा सडक देखी १०/१२ मिटर उत्तर पट्टि रगताम्य भइ घोप्टो परेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपी केशब कुमार थेबे समेतको प्रहरी टोली घटना स्थलमा पुग्दा चौधरी मृत अबस्थामा फेला परेको थियो।
उहाँले दिनु भएको जानकारी अनुसार रामधुनि नगरपालिका वडा नं.-२ कर्मनिया टोल स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक जिल्ला सुनसरी रामधुनि नगरपालिका वडा नं.-०२ बस्ने बर्ष ४५ को दिनेश कुमार चौधरी सिटि देखी १०/१२ मिटर उत्तर पट्टि रगताम्य भइ घोप्टो परेको अवस्थामा थियो।
प्रहरी टोलीले बुझ्दा चौधरीको बाँया छातिको भागमा के-कुन हतियार प्रयोग भइ चोट लागेको अवस्थामा मृत्यु भएको छ। शवलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोस्मार्टमको लागी विपि कोइराला विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ ।
चौधरीको हत्याको घटना सम्बन्धमा जिल्ला प्रहरी सुनसरीबाट थप अनुसन्धान तथा घटनामा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने कार्य भईरहेको प्रहरी नायव उपरीक्षक डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो।












