आशिष कुमार यादव/सुनसरी
सुनसरी। सुनसरीको कोशी गाउँपालिका–५ लौकहीमा गएराति अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या भएको छ।
बुधबार राति करिब १ बजे भएको घटनामा स्थानीय करिब ४२ वर्षीय विजय शाह मृत अवस्थामा फेला परेका हुन्। घटनास्थलमा उनको शव भेटिएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
डीएसपी खड्काका अनुसार घटनास्थलबाट गोलीको खोका बरामद गरिएको छ। गोली कसले चलाएको हो भन्ने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति हेर्दा व्यक्तिगत रिसइवीका कारण नियोजित रूपमा हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।












