सुनसरी । सुनसरी जिल्लाका १२ स्थानीय तहमा पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन् ।
जसमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएकाे जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयाे ।
पाेैडेलका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् । सुनसरीमा प्रतिनिधि सभा तर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ।












