सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई यतिबेला बधाई थाप्न भ्याई–नभ्याई भएको छ ।
“समाजसेवी डाक्टर” उपनाम पाएका प्रदेशसभा सदस्य मन्सुरी मन्त्री बनेपछि उनका समर्थकहरु हर्षित भएका छन् । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट लोकप्रीय मत सहित निर्वाचित भएका मन्सुरी वर्तमान हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा उद्योग, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
कृषि मन्त्री भएपछि आफ्नै पालीकामा बिहिवार नेपाल मुस्लिम संघ सुनसरी र नेपाल किसान संघ भोक्राहा नरसिंहले आयोजना गरेको कार्यक्रममा सयौंको संख्यमा उपस्थित समर्थक, पार्टीका नेता कार्यकर्ता सहित आम सर्वसाधारणहरुले भव्यता साथ मन्त्री मन्सुरीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा व्यक्त सद्भाव, सम्मान र शुभेच्छाप्रति आभार व्यक्त गर्दै कृषि मन्त्री मन्सुरीले जनताको विश्वास र अपेक्षालाई मार्गदर्शनका रूपमा आत्मसात गर्दै प्रदेशको समग्र विकासका लागि निरन्तर समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।












