Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २९, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए
29
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव 
इनरुवा  । सुनसरीका इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् । एक महिनासम्म कठोर उपवास सहितको रमजानको महिनाको अन्तिम दिन रोजा सम्पन्न गर्दै विहीबार ईदउल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिनाको चन्द्रमा हेरेर ईद–उल–फित्र मनाइन्छ । इनरुवा १० जल्पापुर र इनरुवा ९ बबिया स्थित इदगाहमा गएर इनरुवाका इस्लाम धर्मावलम्बीहरूले सामूहिक नमाज (प्रार्थना) गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरि ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
भोक्राहा नरसिंह ८ को सोनयाही, भोक्राहा ४ जामिया इस्लामिया इदगाहा, सुनसरी खोला इदगाहा, हरिनगर गाउँपालिकाको भुटाहा, घुस्की, कोशी गाउँपालिकाको श्रीपुर, पश्चिम कुशाहा, दुहवीको सोनापुर, इटहरीका खनार, गढीको मधेली, देवानगञ्ज गाउँपालिकाको देवानगञ्ज, बर्जु गाउँपालिका ५ को अमाहिबेलाहा सहितका दर्जन बढी इदाहामा हजारौको संख्यामा इस्लाम धर्मालम्बप्ीहरुले प्राथना सहित शुभकामना साटासाट गरेर ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएको मुस्लिम समुदायका पत्रकार अजमल अंसारीले जानकारी दिनुभयो ।

अन्सारीका अनुसार गत फागुन २९ देखि सुरु भएको रमजानको एक महिनासम्म यो पर्वमा मुसलमान समुदायहरुले दिनमा निराहार बसेको र विहीबार ईद उल फित्र (इद) पर्व हर्षोल्लासका साथ मनाएका छन् ।

शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमानदारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ ।

यसैबीच ईद उल फित्र (इद) पर्वको अवसरमा हिन्दु युवाहरुले सुनसरीको हरिनगर गाउँपालिका स्थित भुटाहा बजारमा खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेका छन् । इदाहामा प्रथना गर्न आएकाहरुलाई खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गर्दै पर्वको शुभकामना साटासाट गरेका छन् ।

एक धर्मले अर्को धर्मको सम्मान गर्नुलाई नै धार्मिक एकता, सामाजिक सद्भाव र भाईचारा मानिने भएकाले खानेपानी, फ्रुटी, चिसो लगायत मिठो परिकार वितरण गरेको हिन्दु युवाहरुले बताएका छन् । यो दुवै धर्मलाई सार्थक सन्देश सिकाएको छ । धर्मको नाममा अतिवादीको दल–दलमा फसेर एकले अर्काको आलोचना र विरोध गर्नुभन्दा आपसमा मिलेर अगाडी बढ्न सन्देश दिनु नै पुन्यको काम भएको स्थानीयहरुले बताएका छन् ।

उता हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पवित्र रमजान महिना हामी हाम्रो माझबाट बिदा गर्ने र एक महिनाको लामो व्रत अर्थात् रोजा बस्न अवसर पाएकोमा अत्यन्तै खुशी भएको बताउनुभएको छ । उहाँले केही दिन अघि भएको घटनाले हरिनगरमा तनाव भएको भएपनि अहिले हर्सोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाएको जानकारी दिनुहुदै शुभकामना दिनुभएको छ ।

अंसारीले रमदानको महिना तथा इदुल फित्र अर्थात् रोजा पर्वको शुभ अवसरमा देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभएको छ ।

Share12Tweet7SendScan
Previous Post

घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने सुनसरी–४ का सांसद कार्कीको जोड, सामाजिक सदभाव कायम गर्न सबैमा अपिल

Next Post

दोषिलाई कार्वाहीको माग गर्दै सुनसरीका २० वटा जातीय संघ संगठनद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
दोषिलाई कार्वाहीको माग गर्दै सुनसरीका २० वटा जातीय संघ संगठनद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र

दोषिलाई कार्वाहीको माग गर्दै सुनसरीका २० वटा जातीय संघ संगठनद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In