Thursday, April 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

राजनीतिबाट संन्यास लिन बाध्य भयो इमानदार काजी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७७
in साहित्य
राजनीतिबाट संन्यास लिन बाध्य भयो इमानदार काजी
31
SHARES
Share on FacebookShare on Twitter
‘नेताको नाम सुन्दा कहिल्यै पनि कान थुन्न पर्ने छैन, श्रम र श्रमजीविको सम्मान गर्नेछौं। मुलुक मार्नेलाई होइन मुलुकका लागि रक्तदान गर्नेहरू सम्मानित हुनेछन्। देश विकासका लागि एकजुट हुने मानव श्रोतको विकास गरिनेछ। जय देश, जय स्वाभिमान…’ काजीको भाषण सकिए लगत्तै परर ताली बज्छ।

काजी एक कर्मठ युवा नेता हो। उसको राजनीतिक कर्मले जहाँकहीँ दुर्लभै पाइने इमान्दारिताको आभाष दिन्छ। ऊ अगाडि बढ्ने बाटोमा उसको यही विशेषता तगारो बनेर उभिएको छ। इमान्दारिताको राजनीतिले उसलाई मियोमा घुमेको गोरुजस्तै जहाँको तहीँ छोडिदियो।

ऊ पछिका कयौं कार्यकर्ता पैसाको बिटो र मुड्कीकै भरमा ठाउँमा पुगेर देशको ढुकुटीमा रजाइँ गरिरहेका छन्। तर यस्ता कुराले उसलाई केही फरक पारेन। कयौंपटक आन्दोलनमा घाइते भएको काजीको शरीरमा जब ठण्डी लाग्छ, तब चोट बल्झिन्छन्। यो दुखाइ त उसले जसोतसो सहेकै छ। तर देशले भोग्ने पीडा र चोटबाट अति आक्रान्त छ ऊ।

स्थानीय तहका लागि चुनावको माहौल तातेको थियो। वडाध्यक्ष नै सही, आफ्नो गाउँठाउँको विकासमा लाग्न त पाइन्छ भन्ठानेर टिकटका लागि काजी निकै लागिपर्‍यो।

‘तपाईं जस्तो पार्टीमा यत्रो ठूलो योगदान गरेको मान्छेले वडाध्यक्षका लागि मरिहत्ते गर्ने हो? ढुक्क हुनुस् हामी तपाईंलाई प्रदेशको चुनावमा टिकट दिन्छौं,’ उधारो आश्वासनमा काजी दिलोज्यान लगाएर चुनावी प्रचारमा होमिन्छ।

…

‘आज त मरे पनि ढोका खोल्दिनँ। रातीको बाह्र बजिसक्यो। घर आउने समय यही हो? सधैं पार्टी भनेको छ, हिँडेको छ। कतिञ्जेल चल्छ यसरी? जिन्दगी नै सभासम्मेलनमा बिताउने सुर भाको मान्छेले त बिहे नगरी बस्नू नि!’ रिसको झोंकमा अनेक फकाल्दै ड्यामडुम ढोका लगाएर रानु कोठाभित्र बस्छे।

काजी श्रीमतीलाई फकाउन फूलबुट्टा भर्न थाल्छ।

‘ल मेरी रानु यसरी रिसाउनु हुँदैन नि! तिमी त नौनी जस्तो कोमल छौ, फूलजस्तो सुन्दर छौ। पत्थर जस्तो कडा, काँडाजस्तो तिखो बचन बोलेको सुहाउँदैन नि तिमीलाई। तिम्रो परान त अब छिट्टै मन्त्री बन्नेवाला छ। निकै भोक लागेको छ, सानु मेरो माया लाग्छ भने ढोका खोल। होइन भने म यहीँ चिसो सिँढीमा पल्टिएँ।’

‘हेर न फकाउन पनि कति जानेको। आखिर नेतै त परे,’ रानु अलिअलि रिसाएको, अलिअलि फकिएको झैं गरी ढोका खोल्छे। उनीहरूको दैनिकी यस्तै हुन्छ।

काजी आमाबुवाको एक्लो छोरो। सानोमा बुवाको पुच्छर भने पनि हुने। बाबा कहीँ कतै जान घरबाट निस्के, पछ्याएर हैरान पार्थ्यो। जहाँ जाँदा पनि लिएर जानुपर्ने। उसको बुवाले आफ्नो अधिकांश जीवन पार्टीकै लागि अर्पेका थिए। आफ्नो पद बढाउन होइन, देशको कद बढाउन राजनीति गर्नुपर्छ भन्ने उनको मान्यता थियो।

काजीले पनि आफ्ना बुवाबाट यही अनुशरण गर्दै आएको थियो। आफ्नो पाटीका लागि बलिदानी दिनुपरे पनि नहट्ने स्वाभावको थियो।

‘स्वाभाव र नाम साँच्चिकै पण्डितले पनि कति मिलाएर राखेका,’ काजीको सोझो लगाव देखेर रानु भन्थी, ‘तपाईं त राजनीति, नेता अनि आफ्नो पाटी भनेपछि मलाई नि बिर्सनुहुन्छ। तपाईंलाई थाहा छ, राजनीतिमा तपाईंजस्तै सोझा योद्धा प्रयोग हुन्छन्। पद र प्रतिष्ठाका लागि प्रयोगमा ल्याइने हतियार बनाइन्छ। रणभूमिमा तरबारको विजय लुकाइन्छ, तरबार चलाउने योद्धाको मात्र जयजयकार गरिन्छ। तपाईं त्यस्तै हतियार हो। बेलैमा बुद्धि पुर्‍याएर आफ्नो सोझो गर्नुस्। पछि घरको न घाटको भइएला।’

काजी फिस्स हाँसेर टारिदिन्थ्यो।
…

पन्ध्र जना प्रतिस्पर्धीलाई उछिनेर भर्खरै मात्र रानुले एउटा एनजिओको जागिर हात पारेकी थिई। यो कुराले रानुकी साथी कृपालाई सही नसक्नु भयो!

ऊ रानुलाई कटाक्ष गर्ने नियतले घरमै आइपुगी, ‘रानु के छ तेरो खबर ! भेटघाट पनि छैन।’

‘के हुनु, आज शनिबार। सरसफाइमा व्यस्त छु। हेर न यो भट्ट सबै ढुसिनै लागेछ। बुढो घर एकछिन बस्ने होइन। यसो फुर्सदमा हेरेर सुकाउँछु भनेर।’

‘यस्तै हो जागिरेको घर। धन्न बुढो, नेताहरूको पछि लाउनाले यत्तिको जागिर पाएकी छु भन्न! घरखर्च त चलेकै छ नि!’

रानुलाई झनक्क रिस उठ्छ, ‘के सोचेकी छेस् मलाई। ममा त्यति जागिर खाने क्षमता छैन र नेताको बुइ चढ्नुपर्ने? म कलेजमा सधैं दोस्रो/तेस्रोमा पर्ने विद्यार्थी हुँ। तलाईं बरु ब्याक लाग्थ्यो।’

‘हो, हो जे भए नि सोर्सफोर्सको जागिर खानुपर्‍या छ तलाईं। अझ हेर न फूर्ति! मलाई ब्याकै लागे पनि तँजस्ता दुई-चार जनालाई जागिर दिने आफ्नै बिजनेस छ। तेरो सर्टिफिकेटको के धाक लाउँछेस्। सक्छेस् भने सरकारी जागिर खान त्यति ट्यालेन्ट मुन्छेले।’

रानु अक्क न बक्क हुन्छे। कृपा ओठ पसार्दै आफ्नो कामतिर लाग्छे।

कृपाका श्रीमानले बहत्तरको भूकम्पलगत्तै सानो कटेरोबाट सुरूआत गरेको हार्डवेयर सामान व्यापारले अहिले ठूलो बजार लिएको छ। कृपाले श्रीमानको काममा हात बटाउँछे। दुई सन्तानकी आमा कृपा हर कुरामा रानुसँग आफूलाई तौलेर हेर्छे। रानुको कुरा नकाटेसम्म उसलाई खाएको पच्दैन भन्दा पनि हुन्छ।
…

धेरै दिनपछि आज काजी घरमै थियो। रानु काजीको हातमा चिया थमाउँदै भन्छे, ‘तपाईंलाई थाहा छ, हाम्रो लागि खुसीको खबर?’

‘भन न रानु, अधिकृतमा नाम निकाल्यौ कि के हो कृपाको इखले?’

काजीको मुखबाट यस्तो शब्द सुन्नेबित्तिकै रानु अमिलो मन बनाएर बरर आँखाबाट आँसु झार्छे। जति दुःख परे पनि कहिल्यै आँशु नदेखाउने रानुलाई आज यो अवस्थामा देख्दा काजीको मन खिन्न हुन्छ।

काजी रानुको हात समाउँदै भन्छ, ‘माफ गर रानु तिम्रो चित्त दुखाएँ मैले। बिहेपछि तिमीसँग धेरै समय बिताएको पनि छैन। थाहा छ मलाई तिमीले धेरै रहरहरू मारेकी छौ। आज तिमीले भनेका सबै कुरा मजाक नगरी सुन्छु, ल बिस्तारै भन।’

रानुले काजीसँग आँखा जुधाउँदै उसको हात आफ्नो पेटमा राख्छे, ‘तपाईं बुवा बन्दै हुनुहुन्छ। अब हाम्रो घर कति रमाइलो हुन्छ होला है!’

काजीले रानुलाई छातीमा टाँस्दै आफ्नो खुसी साट्छ।

‘अब हामी दुईबाट तीन भयौं। हामीले सन्तानबारे सोच्नुपर्छ। भोलिका दिन हेरेर आज निर्णय लिँदा राम्रो हुन्छ। भवितव्य कसलाई थाहा छ र? जे पनि हुन सक्छ। आपतविपद पर्दा पैसाको गर्जो टार्न कोसँग हार गुहार गर्ने?त्यही भएर अहिलेदेखि नै साँचोमुँचो जोड्नतिर लागौं। यत्रा वर्ष राजनीतिसँग रिझ्नुभो, भिज्नुभो, राजनीतिलाई नजिकबाटै नियाल्नुभयो तर राजनीतिले तपाईंलाई चिन्न सकेन। भो अब छोडिदिनुस् यो राजनीति साजनीति!’

बुढीले सम्झाउनै नहुने, सन्किएर हिँड्ने काजी किन हो कुन्नि आज पूर्णिमाको चन्द्रमा जस्तो शान्त र सौम्य भएर सुनिरहेको थियो।

‘कस्तो कुरा गर्छौ रानु तिमी?’

‘असारभरी दुःख गरेर हुर्काएको फसललाई मंसिरमा डढेलो लगाउने’ जस्तो कुरा नगर न। दशकौं राजनीति गरियो। अहिले आएर टिकट पाइएला जस्तो छ। धैर्यको परीक्षा हो यो। गन्तव्यमा पुग्न केही कोश बाँकी छँदै कसरी यो यात्रालाई बीचमै बिट मारूँ? ल तिमी नै भन त।’

पार्टीले दिएको घातअन्तर्घातलाई पन्छाउँदै यहाँसम्म आइपुगेको काजीले जस्तो सुकै अवस्थामा पनि आफ्नो पार्टीलाई राजनीतिक उचाइ दिन हमेसा लागिरह्यो। तर पार्टीले भने काजीको हरेक प्रस्तावमा स्वार्थ मात्रै खोज्यो।

गर्भावस्थामा रानुलाई अफिस, घर दुवै सम्हाल्न समस्या हुन थाल्यो। रानु एक्ली भएकी थिई। मानसिक तनावका कारण शारीरिक अवस्था निकै बिग्रिँदै गयो। गर्भावस्था देखिनै खतराजन्य लक्षण देखिन थाल्यो।

आफ्नो कठिनाई काजीलाई सुनाउन खोज्थी तर ऊ सुनेको नसुन्यै गर्थ्यो। एकदिन अफिसमा काम गर्दै थिई, अचानक भुइँमा अचेत भएर लडी। अफिसका स्टाफ साथीले अस्पताल पुर्‍याए। तर चेकजाँचपछि अवस्था निकै गम्भीर देखियो।

‘गर्भावस्थाको सातौं महिना चलेको छ। भर्ना गर्नुपर्छ। जतिबेला जे पनि हुनसक्छ। अपरेसनका लागि पैसा जुटाउनुस्…’ डाक्टरका कुरा सुनेपछि रानुकी साथीले काजीलाई फोन गर्छे। काजी भने चुनावी प्रचारप्रसारमा व्यस्त थियो। धेरै समयपछि मात्र काजीले फोन उठाउँछ। यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।

कृपाले सबै कुरा ती साथीबाट थाहा पाउँछे। मुखको छुच्ची भए पनि सहयोगी मनकी थिई ऊ। सबै पैसा बन्दोबस्त उसैले गर्छे। रानुको अपरेसन सफल हुन्छ।

काजीको हातमा छोरी सुम्पिँदै कृपाले भन्छे, ‘काजी सर साथीको मायाले मलाई यहाँसम्म ल्यायो। जीवन एकनासले चल्दैन। हामीले नसोचेको परिस्थिति आउन सक्छ। त्यसैले फ्युचर प्लानिङ हुनुपर्छ। आफ्नो धरातल बलियो बनाउनुपर्छ। भनिन्छ पैसा नै सबथोक होइन। तर कहिलेकाहीँ यहट्ठ पैसा सबैथोक बनिदिन्छ। तपाईंको उमेर कति नै भएको छ र? अब आफूलाई परिवर्तन गर्नुस्। समय र परिस्थिति अनुसार आफूलाई समायोजन गर्न सकिएन भने निकै दुःखलाग्दो हुन्छ जीवन।

छोरीको आँखामा तपाईं-हाम्रो कारणले बादल नलागोस्। मलाई थाहा छ तपाईं राजनीतिमा इमानदारिताको थिति बसाउने प्रयासमा हुनुहुन्छ। एक्लो बृहस्पति झुठो भनेझैं तपाईं एकजनाको प्रयासले यो सम्भव पनि छैन। सम्भव हुँदो हो त तपाईं यत्तिका वर्षसम्म राजनीतिमा होमिँदा आफ्नो सत्विचारलाई आत्मसात गर्ने एकजना अनुयायी पनि बनाउन नसक्नुभएको किन?’

काजी केही बोलेन।

स्थानीय तहको चुनाव सकिएलगत्तै प्रदेशसभा र संघको चुनावका लागि नेता-कार्यकर्ता प्रचारप्रसारमा जुट्न थाले। टिकटका लागि ‘बार्गेनिङ’ सुरू भयो। टिकटमा लगानी गर्ने पैसा काजीसँग थिएन। त्यसमाथि पनि ‘राम्रा’ लाई भन्दा ‘हाम्रा’ लाई प्राथमिकता दिइयो। काजीले यो चुनावमा टिकट पाउने आश पनि तुहिएर गयो।

यो घटनाले काजीलाई विक्षिप्त बनायो। चारैतिरको चर्को दबाब थेग्न नसकेपछि उसले राजनीतिबाट सन्न्यास लियो। योसँगै राजनीतिको एक विकृत हुण्डरीले देशको एउटा आशाको दीप गुमनाम गरायो।

काजी कयौं वर्षसम्म इमानदारिताको राजनीतिमा समर्पित रह्यो। उसले देशको मुहार फेर्ने सपना देखेको थियो। भन्न त यो पनि भनिएला ‘यी त सब भाषण गर्ने कुरा न हुन्। त्यहाँ पुगेपछि सबैको ताल त्यही हो, देखिराखेका छौं।’

उसको सन्दर्भमा यो चाहिँ भन्न मिल्दैन किनकी उसले समाजमा अहिलेसम्म गरेका कुनै काममा आफ्नो व्यक्तिगत स्वार्थ जोडेको छैन। घर चुहेर मझेरीमा ताल बनेको छ। खर काटेर छानो टाल्ने फुर्सद समेत छैन उसलाई। अहिले पनि ऊ सधैं सामाजिक काममै व्यस्त छ।

(लेखक कमला अधिकारी श्री बालसिद्ध मा.वि., स्याङ्जामा शिक्षक छिन्।)

Tags: काजीबाध्य भयो इमानदारराजनीति
Share12Tweet8SendScan
Previous Post

कोरोना उपचारमा आयुर्वेदिक औषधि उपयोगी

Next Post

नम्बर एक वरीयताका रत्नजितलाई पराजित गर्दै युवा खेलाडी प्रिन्स फाइनलमा

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
नम्बर एक वरीयताका रत्नजितलाई पराजित गर्दै युवा खेलाडी प्रिन्स फाइनलमा

नम्बर एक वरीयताका रत्नजितलाई पराजित गर्दै युवा खेलाडी प्रिन्स फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख २, २०८३
Wed, April 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In