Tuesday, October 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लोकतान्त्रिक समाज निर्माण गर्न आवश्यक : कार्की

कोसीमा राष्ट्रिय कुस्ती प्रतियोगिता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
लोकतान्त्रिक समाज निर्माण गर्न आवश्यक : कार्की
90
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले लोकतान्त्रिक समाज निर्माण गर्न आवश्यक रहेको बताएका छन् । कोसी महोत्सव तथा तेस्रो बिपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रयोगितालाई उद्घाटन गर्दै कार्कीले लोकतान्त्रिक समाज निर्माण भएमात्र देशको विकास हुनसक्ने बताए ।

कोसी महोत्सवको प्रमुख अतिथिसमेत रहेका कार्कीले लोकतान्त्रिक समाजले परिणाममुखी बनाउने भएको हुँदा अब लोकतान्त्रिक समाज निर्माणतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कोसी महोत्सवलाई सम्बोधन गर्दै निवर्तमान सांसद कार्कीले कोसी महोत्सवले ऐतिहासिक कामको सन्देश प्रवाह हुनेसमेत बताए ।

मुलुकलाई राम्रो गन्तव्यतिर डोहोर्‍याउनका लागि लोकतान्त्रिक समाजले सहयोग पुर्‍याउनेसमेत उनले बताए । नेपाली कांग्रेसले पनि लोकतान्त्रिक समाजको निर्माणतर्फ अग्रसर भएको कार्कीको भनाइ छ । लोकतान्त्रिक समाजले देशको विकाससँगै समुन्नत समाज निर्माण गर्ने भएकाले जनताको चाहनाअनुसार समृद्ध मुलुक बनाउन सहयोग गर्ने भएको हुँदा यसतर्फ सबै पक्षले ध्यान दिन आवश्यक रहेको बताए ।

कोसीटप्पु वन्यजन्तु आरक्षका जंगली जनावरले आतंकबाट जनता चिन्तित रहेकाले यस समस्यालाई समाधान गर्न आफू लागिपरेको उनले बताए । ‘जनताको समस्या मेरो समस्या हो,’ उनले भने, ‘आरक्षबाट निस्केका हातीले धेरैको ज्यान लिएकाले यस विषयमा गम्भीर बनेको छु ।

जंगली जनावरबाट पीडित भएका परिवारले पाउने राहत रकम समयमा दिन दबाबसमेत दिएको छु ।’ कोसी महोत्सवले यस क्षेत्रमा पर्यटक बढाउन सहयोग भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा अझै विकास गर्न आफू सदैव लागिपरेको समेत कार्कीको भनाइ छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोसी महोत्सवको सफलताको शुभकामाना व्यक्त गरेका थिए । कोसीटप्पु वन्यजन्तु आरक्षलाई संरक्षण सम्बद्र्धन गर्दै पर्यटकीय हवको रुपमा विकास गर्न सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए । हात्ती आतंकको समस्यालाई समाधान गर्न सबैले पहल गर्नुपर्ने कोइरालाको भनाइ छ ।

कोइरालाका अनुसार कोसी महोत्सवमा बिपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिताले कोसी गाउँपालिकाको पहिचानलाई थप सहयोग पुर्‍याएको छ ।
इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कोसी गाउँपालिका पर्यटकीय सम्भावना भएको क्षेत्र भएको बताए ।

चरा र अर्नाको राजधानी भनेर चिनिने कोसीटप्पु वन्यजन्तु आरक्षले विश्वभर चिनाउन सफल भएकोसमेत उनले बताए । मेयर मेहताले लोप हुन लागेको कुस्ती प्रतियोगितालाई जोगाउनका लागि राष्ट्रिय स्तरमा कुस्ती खेलाडीहरुको मनोवल उच्च बनाउन सहयोग पुगेको बताए ।

पर्यटकीय क्षेत्रलाई विकास गर्न आवश्यक रहेकाले कोसी गाउँपालिकाले अगाडि बढेर वन्यजन्तु आरक्ष क्षेत्रलाई पर्यटक भित्र्याउन कसरत गर्नुपर्ने भन्दै कोसी महोत्सवको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोसी महोत्सवले कोसी गाउँपालिका मात्र नभएर भारतीय नागरिकहरुले समेत भ्रमण गर्न मौका पाएको बताए । नेपाल–भारतका नागरिकहरुले कोसी महोत्सवमा सहभागी हुने मौका पाएको र महोत्सवबाट राम्रो सन्देश प्रवाह हुने अध्यक्ष अन्सारीको भनाइ छ ।

महोत्सवले दुई देशबीचको सम्बन्धलाई प्रगाढ गरेको र आगामी वर्ष पनि निरन्तरा पाउने विश्वासका साथ महोत्सवको सफलताको कामना गरेका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कोसी क्षेत्रका जनताहरुको समस्या समाधान गर्न आफू पनि लागेको बताए ।

कोसी क्षेत्रका जनताहरुले गठन गरेको संघर्ष समितिद्वारा ज्ञापनपत्रमा उठाएको मागहरु चाँडो नै सम्बोधन हुनेसमेत विश्वास व्यक्त गरेका छन् । कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले कोसी महोत्सवलाई निरन्तरता दिँदै आएको बताए ।

यस वर्ष पनि कोसी महोत्सवमा तेस्रो बिपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिताको आयोजना गरेको अध्यक्ष अन्सारीले बताए । राष्ट्रिय स्तरका कुस्ती खेलाडीहरु सहभागी भएको उनले बताए । कुस्तीबाट आनन्द लिन सबैलाई आग्रह गरेका छन् । कोसीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउने प्रयास गरिरहेकोसमेत अन्सारीले बताए ।

कोसी महोत्सव आइतबारदेखि सुरु भएको छ । कुस्ती प्रतियोगितामा पुरुष र महिला खेलाडीहरुको सहभागिता रहेको थियो । पाँचवटा प्रदेशका राष्ट्रिय स्तरको खेलाडीहरुको सहभागिता रहेको कोसी गाउँपालिकाले जनाएको छ । महोत्सवमा दंगल प्रतियोगिता, रमाइलो मेला, सेल्फी पोइन्ट र जंगल जफारी मुख्य आकर्षकको रुपमा रहेको आयोजकले जनाएको छ ।

Tags: अझै विकासकोसीमा राष्ट्रिय कुस्ती प्रतियोगितानेपाली कांग्रेस सुनसरीनेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीप्रतिपक्षी दलका नेता राजीव कोइराला
Share36Tweet23SendScan
Previous Post

फुकुसिमा केन्द्रबिन्दु बनाएर जापानमा शक्तिशाली भूकम्प

Next Post

भोक्राहा नरसिंह र देवानगंजको संयोजकमा मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंह र देवानगंजको संयोजकमा मेहता

भोक्राहा नरसिंह र देवानगंजको संयोजकमा मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In