Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

बराहक्षेत्रमा सामाजिक लेखाजोखा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ३०, २०७७
in फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
बराहक्षेत्रमा सामाजिक लेखाजोखा
50
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ मा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण समाज उत्थान केन्द्र सुनसरीको आयोजना र प्लान इन्टरनेसनल नेपालको सहयोगमा तथा बराहक्षेत्र नगरपालिकाको समन्वयमा मंगलबार शिशु ज्योती अधारभूत विद्यालयमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको हो ।

‘गुणस्तरीय शिक्षा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ लैङ्गिक रुपान्तरणमुखी समावेशी शिक्षा कार्यक्रमअन्तर्गत शिशु ज्योती आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण कार्य सम्पन्नको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ ।

विद्यालयमा दुई कोठे भवन निर्माण कार्य सुरु गरेको एक वर्षपछि कार्य सम्पन्न गरेपछि ग्रामीण समाज उत्थान केन्द्र सुनसरीले एक कार्यक्रमका बीच विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सामाजिक लेखाजोखा कार्यक्रम गरिएको हो ।

शिशु ज्योति आधारभूत विद्यालयमा कोठा अभाव भएको र विद्यार्थीहरुलाई पठनपाठन गर्न समस्या भएकोले सो विद्यालयलाई छनौट गरी दुई कोठे भवन निर्माण कार्य सम्पन्न गरेको हो ।

बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगरले नवनिर्मित भवनको उद्घाटन गरेकी थिइन् । उद्घाटन गर्दै उपप्रमुख मगरले सबैको समन्वय र सहकार्यबाट दुई कोठे भवनको निर्माण कार्य सम्पन्न भएको बताइन् ।

मगरले विद्यालयमा भवनको अभावले बालबालिकाहरुलाई पठनपाठन गर्न समस्यालाई मध्यनजर गर्दै भवन निर्माण सम्पन्न भएपछि समस्या अन्त्य भएको बताइन् ।

स्वास्थ्य मापदण्डलाई ख्याल गरी बालबालिकाहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न, बालमैत्री विद्यालय बनाउन आग्रह गर्दै उनले भनिन्, ‘दुई कोठे भवनमा अपाङ्गतामैत्री बनेको र कक्षा कोठामा बालबालिकाहरुका लागि चित्रहरु राखेको हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुनेछ ।’

बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष फणिन्द्र भट्टराईले शिशु ज्योतिमा गरीब, अति विपन्न र पछाडि पारिएका बालबालिकाहरुलाई पठनपाठन गर्न सहज हुने बताए ।

भवन निर्माण कार्यमा कुनै अनियमितता नभएको र सबै काममा समुदायका व्यक्तिबीच पारदर्शी ढङ्गबाट भएको उनले बताए ।

बराहक्षेत्र नगरपालिकाका शिक्षा शाखाका प्रमुख देवेन्द्र मल्ले पालिकामा अरु बिद्यालयहरुलाई पनि अनुगमन गरी भवन उपलब्ध गराउन आग्रह गरेका थिए ।

भवन निर्माण कार्यमा सबैले सहयोग गरेको हुँदा यस विद्यालयमा गुणस्तर शिक्षा प्रदान गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए ।

प्लान नेपालका तिलक राईले विद्यालयहरुमा बालमैत्री बनाउन आफूहरु लागिपरेको बताए । राईले विद्यालयहरुमा लैङ्गिक रुपान्तरण शिक्षामा जोड दिनुपर्ने बताए ।

‘जग बलियो भयो भने घर बलियो हुन्छ,’ उनले भने, ‘बालबालिकाको गुणस्तर शिक्षामा सुधार गर्दै सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठले आफूहरुको अथक प्रयासपछि एक वर्षपछि भवन निर्माण सम्पन्न गरेको बताए ।

सहयोगी हातहरुलाई धन्यवादसमेत व्यक्त गरेका थिए । विद्यालयलाई नमूना बनाउन लागिपरेकोसमेत बताए ।

दुई कोठे भवन निर्माणमा प्लान इन्टरनेसनल नेपालबाट २४ लाख २८ हजार, बराहक्षेत्र नगरपालिकाबाट चार लाख, बराहक्षेत्र नपा ८ नम्बर वडा कार्यालयबाट दुई लाख ७५ हजार, शिशु ज्योति विद्यालयबाट दुई लाख २५ हजार गरी कूल ३३ लाख २८ हजार लागतमा विद्यालय भवन निर्माण कार्य सम्पन्न भएको आरएसडीसीकी शिक्षा अधिकृत शिखाकिरण यादवले जानकारी दिइन् ।

आरएसडीसीकी शिक्षा अधिकृत यादवले परियोजनाको उद्देश्य, उपलब्धिका बारेमा प्रस्तुतिकरण गरेकी थिइन् ।

आरएसडीसीका अध्यक्ष रफुल अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गजेन्द्र यादवले सहजीकरण गरेका थिए ।

कार्यक्रममा शिक्षक, युवा, विद्यार्थी, अभिभावक लगायतको सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Share20Tweet13SendScan
Previous Post

इनरुवा जेसीजमा कोइराला

Next Post

चित्तल मारेर खाँदै गरेका सातजना पक्राउ

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
चित्तल मारेर खाँदै गरेका सातजना पक्राउ

चित्तल मारेर खाँदै गरेका सातजना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In