Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरको बजेट झण्डै ५२ करोड, स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
हरिनगरको बजेट झण्डै ५२ करोड, स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकता
90
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

हरिनगर गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ५१ करोड ८६ लाख ४ सय रुपैयाँको बजेट सार्वजनिक गरेको हो । पालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले विधेयक प्रस्तुत गर्दै टेबुल गरेकी थिईन् ।

बाबा बासुकीनाथ मन्दिर हरिनगरा–४ को सभाहलमा बिहीबार आयोजित आठौँ गाउँसभाबाट ५१ करोड ८६ लाख ४ सय रुपैयाँको बजेट सार्वजनिक गर्दै स्वास्थ्य,शिक्षा र कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँको आदेश अनुसार कार्यपालिका सदस्य सुशिल कुमार ठाकुरले ५१ करोड ८६ लाख ४ सय रुपैयाँ बराबरको वार्षिक नीति कार्यक्तम तथा बजेट सार्वजनिक गरेका हुन् ।

हरिनगर गाउँपालीकाले आगामी आर्थिक वर्षको लागि चालु खर्चतर्फ २८ करोड ७० लाख ३९ हजार ८ सय ९० रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड १५ लाख ६० हजार ५ सय १० रुपैयाँ गरी ५१ करोड ८६ लाख ४ सय रुपैयाँको वार्षिक नीति कार्यक्रम तथा बजेट उनले प्रस्तुत गरेका थिए ।

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता, “एक वडा एक स्वास्थ्य चौकी”
स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने खोप सेवा, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा, पोषण लगायत जनस्वास्थ्य सेवा, उपचारात्मक सेवा लागि आवश्यक औषधी उपलब्ध, गर्भावस्थादेखी जन्मपश्चात उपलब्ध गराइने खोप, भिटामिन ए, पोलियो खोप जस्ता अधारभूत सेवालाई सुनिश्चितता गर्नेछ ।

त्यसैगरि प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने, “एक वडा एक स्वास्थ्य चौकी” को अवधारणालाई कायम गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरबाट ल्याब सेवा, एक्स–रे सेवा, भिडियो एक्स–रे सेवा, इसिजि लगायतका सेवा सर्वसुलभ रुपमा उपलब्ध गराउने, स्वास्थ्यमा पहुँच पुर्याउन गाउँपालिकाले एम्बुलेन्स खरिद गर्ने र अति विपन्न परिवारलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म निःशुल्क सेवा दिइने, स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, उपकरणको व्यवस्था गरिनेछ ।

स्वास्थ्य चौकी भुटाहा र घुस्कीमा वर्थिङ्ग सेन्टर सञ्चालन ल्याउने र सेवा विस्तार गर्ने, बृहत स्वास्थ्य शिविर गर्ने, मोतियाविन्दु भएका ज्येष्ठ नागरिक र महिलाहरुको लागि पिआईडी र आङ्ग खस्ने बिरामीका लागि सरकारी अस्पतालमा समन्वय गरि उपचारको व्यवस्था मिलाउनेछ ।

शिक्षालाई पनि प्राथमिकता, “अध्यक्ष उपाध्यक्ष बेटी पढाउँ कार्यक्रम”
अगामि आर्थिक वर्ष २०७८÷०७९ मा हरिनगर गाउँपालिकाले शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । त्यसमा शिक्षालाई रोजगारी र उधमशिलतासँग जोडन प्राविधिक र व्यवसायिक शैक्षिक संस्थाको स्थापनाका लागि पहल गरिनेछ ।

विधालय तहको शिक्षामा कम्प्युटर शिक्षालाई प्रोत्साहित गर्न तथा भाषा साहित्यलाई प्रवद्र्धन गर्न हेल्मेट शिक्षक तथा उर्दु शिक्षकको व्यवस्थालाई निरन्तरता दिइनेछ । सामुदायिक विधालयहरुमा अंग्रेजी भाषाको पठनपाठनलाई सहज बनाउन अंग्रेजी बोल्ने र पढने मेसिनको व्यवस्थालाई बिभिन्न विधालयमा व्यवस्थापन गर्नेछ ।

विधालयहरुमा सूचना तथा संचार प्रविधिको प्रयोग र सिकाईलाई प्रोत्साहित गर्नेछ । पालिकाभित्र रहेका विधालय र मदर्शाको लागि आवश्यक भवन, कक्षा कोठा र शौचालयको व्यवस्था अनिवार्य गरिनेछ । शैक्षिक अध्ययन अवलोकन भ्रमणलाई निरन्तरता दिनेछ ।
अध्यक्ष कप खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्गशिल्ड मार्फत बालबालिकालाई प्रोत्साहित गर्नेछ । हरिनगर गाउँपालिकाभित्र रहेका गरिब जेहन्दार र दलित विधार्थीहरुलाई पोशाक तथा छात्रवृति प्रदान गरिनेछ ।

विधालयमा योग शिक्षा सम्वन्धि कार्यक्रम सञ्चालन ल्याउने नीतिमा कार्यान्वयन गरिनेछ । तीन भन्दा बढी छोरी भएका परिवारलाई “अध्यक्ष उपाध्यक्ष बेटी पढाउँ कार्यक्रम” सञ्चालन गरिने छ भने विधालयमा लिने आन्तरिक शुल्क मिनाहा गरिनेछ ।

कृषिमा हरिनगरको बिशेष प्राथमिकता, ‘एक गाउँ एक प्राविधिक’
गाउँपालिकाले कृषिको विविधीकरण,आधुनिकीकरणमा विशेष प्राथमिकता दिदैं किसानलाई उन्नत बीउविजन र रैथाने बीउ उपलब्ध गराइने तथा वास्तविक किसानको पहिचान गरी अनुदान प्रदान गर्न कार्यविधि बनाएर लागू गर्ने नीति लिएको छ ।

‘एक गाउँ एक प्राविधिक’ कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइने नीति गाउँपालिकाको छ । पालिकाभित्र उत्पादन हुने कृषि उपजको व्यवस्थापन गर्न हरिनगर–१ म अत्याधुनिक प्रविधिको गोदामघर निर्माण कार्यलाई बढी प्राथमिकता दिइनेछ ।
त्यसैगरि हरिनगर गाउँपालिकाको सातवटै वडाका उत्कृष्ट किसान तथा पशुपालकलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । किसानहरुलाई कृषि औजार वितरण समेत गरिने पालिकाले नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ ।

त्यसैगरि हरिनगर गाउँपालिकाभित्र फोहोर व्यवस्थापन गर्नका लागि ल्याण्डफिल्ड साईड बनाइनेछ । कर्मचारी व्यवस्थापन तथा फोहोर बोक्ने टयाक्टर र ट्रेलर अगामि आर्थिक वर्ष खरिद गरिने योजनामा उल्लेख गरिएको छ ।

पत्रकारलाई पुरस्कार प्रदान गरिने 
त्यसैगरि सुशासन तथा संस्थागत क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तगत गाउँपालिकाको विकास निर्माणको संचार तथा खोज पत्रकारिताको माध्यमबाट सकारात्मक योगदान गर्ने, मर्यादित र सदाचार उत्कृष्ट पत्रकारलाई पुरस्कार प्रदान गरिने नीति कार्यक्रममा ल्याइएको छ । उत्कृष्ट पत्रकारलाई पुरस्कार प्रदान कार्यक्रम चार वर्षपछि पहिलो पटक योजना तथा बजेटमा समावेश गरिएको हो ।

 

Share36Tweet23SendScan
Previous Post

कांग्रेसद्धारा सर्बदलिय छानबिन समिति गठन गर्न माग

Next Post

इनरुवाको अनुमानित बजेट लगभग ७० करोड

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवाको अनुमानित बजेट लगभग ७० करोड

इनरुवाको अनुमानित बजेट लगभग ७० करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In