Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाको अनुमानित बजेट लगभग ७० करोड

सुनसरीका बिभिन्न स्थानिय तहको बजेट सार्वजनिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १०, २०७८
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार
इनरुवाको अनुमानित बजेट लगभग ७० करोड
86
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीका बिभिन्न नगरपालिका तथा गाउँपालिकाहरुले अगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि न्ीति कार्यक्रम तथा बजेट सहितको खर्च विवरण बिहिवार सार्वजनिक गरेको छ ।

स्थानीय निकाय पुनःसंरचना भएपछि जनप्रतिनिधिहरुको पहिलो कार्यकालको अन्तिम वर्ष अधिकांश स्थानीय निकायले महत्वकांक्षी योजनाहरु समेत सार्वजनिक गर्दै अगामी स्थानीय तहको निर्वाचनमा आ–आफनो उपस्थिती मजबुत बनाउने काम समेत गरेका छन् ।

बिहिवार एकैसाथ सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, दुहबी नगरपालिका गढी, बर्जु, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिका लगायतका गाउँपालिकाहरुले समेत कार्यक्रमको योजना गरि आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

इनरुवा नगरपालिकाले आठौं नगर सभाका बिच आर्थिक वर्ष २०७८।०७९को बजेट नीति तथा कार्यक्रम पेश गरेको छ । नगर सभामा योजना तर्जुमा समितिको संयोजकको हैसियतले उप प्रमुख जमुना गौतम पोखरेलले बजेट नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

पेश गरिएको बजेट नीति तथा कार्यक्रमको विनियोजित अनुमानित रकम ६९ करोड ९५ लाख ५२ हजार ४ सय २० रुपैंया रहेको छ ।
जसमा संघीय सरकार वित्तिय समानिकरण १८ करोड ४४ लाख, राजश्व बाँडफाँड १० करोड २८ लाख ८९ हजार र ससर्त अनुदान २७ करोड ९४ लाख रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तिय समानिकरण १ करोड ८ लाख ८९ हजार, सवारी साधनको करको बाँडफाँड (राजश्व बाँडफाड) ८६ लाख ३३ हजार ४ सय २० रुपैंया, समपुरक अनुदान १ करोड र ससर्त अनुदान ३३ लाख ४१ हजार रहेको छ ।

यस्तै आन्तरिक श्रोत (मालपोत,लागत सहभागिता सहित) आ.व. २०७७।०७८ को ससर्त तर्फको निकासा फिर्ता कुल १० करोड अनुमानित रकम नगर सभामा प्रस्तुत बजेट कार्यक्रममा समावेश छ ।

नगर सभामा प्रस्तुत कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई सुदृढ पार्दै सहज स्वास्थ्योपचार, शैक्षिक गुणस्तर सुधार एवं प्रविधिमैत्री, नगरको आधारभुत पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन, प्रकोप न्यूनिकरण तथा वातावरण संरक्षण ,व्यवसायिक कृषि, पशुपालन तथा आयआर्जनका कृयाकलापको विस्तार, संस्थागत क्षमता अभिवृद्धि तथा जनशक्ति बिकास तथा सेवा प्रवाह र मापदण्ड अनुरुपको भौतिक पूर्वाधार विकास एवं नितिगत सुधारलाई बजेटका प्राथमिकतामा राखिएको छ ।

नगरसभामा बोल्दै नगर प्रमुख राजन मेहताले समृद्ध नगरको परिकल्पना अनुरुपको बजेट नीति तथा कार्यक्रममा समेटिएको बताउनु भयो । वहाँले सन्तुलित बिकासको अवधारणा अन्र्तगत रही नीति तथा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।सूचना अधिकृत निरज पोखरेलका अनुसार नगर सभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रम उपर छलफल पश्चात आवश्यक्ता अनुसारको बजेट सिलिङ तय हुनेछ ।

साथै नगर सभाका बिच उत्कृष्ठ स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा उत्कृष्ठ स्वास्थ्यकर्मीका रुपमा कपलेश्वर साह, सन्तोष देव, निखिल पोखरेल र मिश्रीलाल मेहता सम्मानित भएका छन् । त्यसैगरी नगर भित्रका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समेत कार्यक्रमका बिच सम्मान गरिएको छ ।

त्यसैगरि इटहरी उपमहानगरपालिकाले दुई अरब १७ करोडको बजेट सार्वजनिक गरेको छ भने धरान उपमहानरपालिकाले दुई अरब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बराहक्षेत्र नगरपालिकाले एक अर्व पाँच करोड ५८ लाख ३२ हजार पाँचसय रुपैयाँ बराबरको बजेट नगरसभाबाट सार्वजनिक गरेको छ ।

त्यस्तै भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ४२ लाख ८८ हजार चारसय ७६ रुपैयाँ बराबरको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै आफनो गाउँसभा सम्पन्न गरेको छ ।

यसैगरि देवानगञ्ज गाउँपालिकाले ५३ करोड तीन लाख बजेट सार्वजनिक गरेको छ । यता रामधुनी नगरपालिकाको नगरसभा आइतवारसम्मका लागि स्थगित भएको छ भने कोसी गाउँपालिकाले यसअघि नै आफनो सार्वजनिक गरिसकेको छ ।

 

Share34Tweet22SendScan
Previous Post

हरिनगरको बजेट झण्डै ५२ करोड, स्वास्थ्य शिक्षा र कृषिलाई प्राथमिकता

Next Post

कोशीका दुई सय २७ सुकुम्बासीलाई राहत

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कोशीका दुई सय २७ सुकुम्बासीलाई राहत

कोशीका दुई सय २७ सुकुम्बासीलाई राहत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In