Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

स्वास्थ्य सेवामा फड्को मार्दै वराहक्षेत्र

मलहमपट्टी देखि विशेषज्ञ सेवा सबै गाउँमा उपलब्ध

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १०, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
स्वास्थ्य सेवामा फड्को मार्दै वराहक्षेत्र
51
SHARES
Share on FacebookShare on Twitter

शिशिर तामाङ्ग,
वराहक्षेत्र । उमेरले ८० वर्ष पुग्नै लागेका वृद्ध हरि वहादुर भट्टराई लाई सानो शारिरीक समस्या हुँदा पनि शहर जानु पर्ने बाध्यता अहिले हटेको छ । ज्वरो आउँदाहोस वा टाउको दुख्दाहोस धेरै पटक शहर धाएको उनलाई, गाउँमा नै सबै स्वास्थ्य सेवा पाउँन थालेपछि धेरै राहत भएको छ ।

१० वर्ष अगाडी सम्म गाउँलेलाई धेरै असुविधा थियो, सानो उपचार गर्न पनि शहर नगई नहुने तर अहिले त्यस्तो केहीगर्नु पर्दैन् । गाउँको स्वास्थ्य चौकीमा टाउको दुखेको औषधी पाउँनु पनि ठूलै कुरा हुन्थ्यो हामीलाई,तर तिदिन सबै हराए अहिले ठूलो डाक्डरले गाउँमै ओखती गर्छन्, खुशी हुँदै वराहक्षेत्र वार्ड नं ८ बस्ने हरिवहादुर भन्छन् ।

उनको जस्तै अनुभवचतरा बस्ने अर्का वृद्ध जगदिश साहको पनि छ , मैलेपनि धेरै दुःखपाए, हाम्रो पालामा सिटामोल र जिवनजलपाएपनि धेरै हुन्थ्यो । अहिले त धेरै सजिलो भएको छ ,साह भन्छन् ।

साह र भट्टराई जस्तै धेरै सेवाग्राहीले स्वास्थ्य उपचारको लागि कहीं गईरहनु पर्दैन् , चाहिएको उपचार उनीहरुले गाउँमा बनेको स्वास्थ्य संस्थामापाएका छन् । नगरको स्वास्थ्य सेवामा भएको प्रगतिले उनीहरु रमाएका छन् । वर्तमानको अवस्थाले पहिलाको दुःख बिर्साएको छ गाउँलेको ।

नगरपालिकामा समायोजन हुनु अगाडी सम्म साविकको वराहक्षेत्र,चक्रघट्टी, भरौल,प्रकाशपुर र मधुवनगाविसहरु को आ–आफ्नै स्वास्थ्य संस्थाथिए । त्याहा.वाट स्थानियले केन्द्र र चौकी तहको सेवा त पाउँथे तर त्यो सिमित अनिनिश्चित क्षेत्रका जनताले मात्रै । अहिले नगरको स्वास्थय सेवाले फड्को मारेको छ । गाउँले नपावासीको स्वास्थ्यमापहुँच बढ्दै गएको छ ।

नगरपालिकामा अहिले विभिन्न तहका १३ वटा स्वास्थ्य संस्था छन् । जसमा वार्ड नं २ र ११ मा दुई प्राथमिक स्वास्थ्य केन्द्र, १ ,६ र ७ नं वार्डमा नगर अस्पताल र सामुदायिक स्वास्थ्य ईकाई यस्तै वार्ड नं ३,४,८ र ९ मा आधारभुत स्वास्थ्य चौकी रहेका छन् । ती संस्थामा गाउँका जनताले अहेव देखि लिएर एमबिबिएस डाक्टरको नियमित सेवा पाएका छन् ,भने बोनसको रुपमा साप्ताहिक विशेषज्ञ सेवा पाएका छन् ।

नपाबन्नु अघि छरिएर रहेको ग्रामीण स्वास्थ्य संस्थाहरु २०७३ सालमानगरपालिकाको गठन गठन भएपछि, यिनीहरुले दिने सेवा समेत संगठित र व्यवस्थित भएको छ ।

जसले गर्दा नपावासीको स्वास्थ्यमा पहुँच पहिला भन्दा छिटो सरल र सहजभन्दै गएको छ । जिल्लाको कान्छो वराहक्षेत्र नगरपालिकाले छोटो समयमा स्वास्थ्य क्षेत्रमा निरन्तर प्रगतिगर्दै गएको छ ।

नागरिकले आफुले चाहेको समयमा ओपीडी र निश्चित दिनमा विशेषज्ञ सेवालिन सक्छन् , कुनै झन्झट् वा कठिन छैन् , धेरै सजिलो भएको छ , स्थानिय व्यवसायी तथा उवासंघ साविक वराहक्षेत्रका उपाध्यक्ष अशोक साह बताउँछन् ।

प्रा.स्वा.केन्द्र चतरा र नगर अस्पताल चक्रघट्टी
नपाले हेल्थ सेकटरमा गरेको प्रगति हेर्ने हो भने एक पटक वार्ड नं २ को प्राथमिक स्वास्थ्य केन्द्र चतरा र चक्रघट्टी स्थित नगर अस्पताल पुगे प्रष्ट हुन्छ ।

स्वास्थ्य केन्द्र चतराले नेपालमा पहिलो पटक चौबीस घंटाको आकस्मिक सेवा दिईरहेको छ भने विहान ७ वजे देखि रातको ८ वजे सम्म, शनिवार र सार्वजानिक विदाको दिनमा समेत सेवाग्राहीलाई निःशुल्क ओपीडी सेवा सञ्चालन गरेको छ ।

यो संगै निश्चित दिनमा फार्मेसी,ल्याब, एकस–रे, भिडियो एक्स–रे,प्रसुति लगायतका सरकारी नियमित सेवाहरु यसैगरी हाडजोर्नी तथानशारोग, बालरोग,स्त्री तथा प्रसुति रोग,मेडिसिन, आंखा,थाइराइड र फिजियोथेरापी जस्ता विज्ञ सेवा पनि उपलब्ध गराइएको स्वास्थ्य केन्द्रका व्यवस्थापन निर्देशक डा. अनिलगिरी बताउँछन् ।

केन्द्रमा स्थानियतथा छिमेकी जिल्ला उदयपुर, भोजपुर र धनकुटा जिल्लावाट दैनिक दुई सयको हाराहारीमा सेवाग्राही आउँने गरेका छन् । दुई जना एमबिबिएस चिकित्सक सहित ४२ जना स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका डा.गिरी भन्छन् ।

सम्भवतः देशमा पहिलो पटक सामुदायिक स्वास्थ्य संस्थाहरुमा, २४ घंटे आकस्मिक र विदाको दिनमा समेत ओपीडी सेवा शुरु गर्ने प्रा.स्वा. चतरा हो । चुस्त दुरुस्त सेवादिने र यसको सबल व्यवस्थापन पक्ष देखेर संघीय सरकारको स्वास्थ्य केन्द्र रहेको सोही वार्डमा १५ शैयाको अस्पताल बनाउँने सुचीमा छनोट गरेको छ । जसको ठेक्का आह्वान भएर सम्झौता हुन बांकी रहेको छ ।

आर्थिक आ.व. २०७७÷७८ मा सरकारले देशभरीको तीन सय छयान्बबे पालिकामा ५ देखि १५ शैयाको आधारभूत अस्पताल बनाउँने घोषणा गरेको थियो । यता वार्ड नं ६ मा रहेको नगर अस्पताललाई पनि १५ शैया बनाउने पहल थालिएको छ ।

नगर अस्पतालले चतराको जस्तै गरि २४ घंटे आकस्मिक, निःशुल्क ओपीडी,इसीजी,एक्स–रे,भिडियो एक्स–रे, आँखा ,कान र छाला रोगको विशेषज्ञ दिईरहेको छ , तर यो प्रयाप्त नभएको नगर प्रमुख निलम खनालले बताए ।

बनाउँने भनिएको १५ शैया अस्पतालले साविक महेन्द्रनगर, प्रकाशपुर, मधुवन र नपाको कोशीनदीपारी तर्फ दुर्गम श्रीलंका तथा चिलैया टप्पुका गरि करिव ४६ हजार जनताले सरल छिटो र प्रभावकारी
स्वास्थ्य सेवा पाउँने,नगरप्रमुख खनाल भन्छन् ।

उपचार नपाएर नगरवासीले अकालमा ज्यान गुमाउनु नपरोस भनेर शहरको निजिमहंगो उपचार को साटो गाउँमै सस्तो गुणस्तरीय सेवा पाउँन भनेर नगरले स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालन गरिएको छ । ११ वटै वार्डका ११ सय विपन्न परिवार लाई निःशुल्क बिमा गरिदिएका छौं उनले भने ।

यसो गर्नुको मुख्य उद्देश्यीय स्वास्थ्यप्रति सचेतना जगाउँने र सेवाग्राहीलाई अस्पतालमा आउँनप्ररित गर्नु हो । एकातिर यसले प्रत्क्षय नगरवासीलाई गाउँमा नै उपचारको ग्यारेन्टी गर्छ भने परोक्ष रुपमाउनीहरुको जिवनदर लाई बढाउँछ , उनले भने ।

केहीवर्ष अगाडी गाउँमा सानो बिरामी हुँदा काल आएको जस्तो लाग्थ्यो, सामान्य झाडापखाला लागेका एक व्यक्तिले समयमा उपचार नपाउँदा ज्यान गुमाएको सम्झदै,नेपाल पिछडा वर्ग ओबीसीमहासंघ वराहक्षेत्र नगर सचिव वृजनन्दन साहले भन्छन् ।

धेरै जसो सेवा गाउँमा पाउनु, निःशुल्क ७७ प्रकारको औषधी, विज्ञ डाक्टर को सेवा पाउँनु अनि अस्पताल सम्मबन्नु राम्रो कुरा हो तर स्वास्थ्य केन्द्रमा बिरामी बोक्ने एम्बुलेन्स छैन् ,उनी भन्छन् ।

शासकीय रुपमा गाउँ वाट नगरपालिकामा रुपान्तर भएपनि भौतिक दृष्टिले अझै गा्रमीण अवस्थामा रहेको वराहक्षेत्र नपावासीलाई, मानिसको गांस बास कपास पछि अति आवश्यक स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई अरु बढि सुधार गर्नुपर्ने देखिन्छ ।

यसको लागिमुख्य सरोकार वालानगरपालिकालगायत सबै मिलीआ–आफ्नो क्षेत्र वाट रचानात्मकप्रयास गरिने हो, स्वास्थ्यक्षेत्रमानपावासीआत्मनिर्भर हुने पक्का देखिन्छ ।

 

 

Share20Tweet13SendScan
Previous Post

कोशीका दुई सय २७ सुकुम्बासीलाई राहत

Next Post

कोशीको बालुवामा भविष्य खोज्दै किसान

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कोशीको बालुवामा भविष्य खोज्दै किसान

कोशीको बालुवामा भविष्य खोज्दै किसान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In