Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लागुऔषध कारोबार सुनसरीको समस्या : एसपी थापा

जाँदाजाँदै प्रहरी प्रमुखले गरे आफनो कार्यकालको समीक्षा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
लागुऔषध कारोबार सुनसरीको समस्या : एसपी थापा
124
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । चौध महिनाअघि सुनसरी प्रहरीको जिम्मेवारी सम्हाल्न आइपुगेका सुनसरीका प्रहरी प्रमुख कमल थापाले आफनो सरुवा भएलगतै कार्यकाल अवधिको प्रगति विवरण सार्वजनिक गर्दै पत्रकार सम्मेलनको आयोजना गरि समिक्षा समेत गरेका छन् ।

विभिन्न अपराधिक गतिविधि र सीमासँग सम्वन्धित बिभिन्न विषयमा देशभरी नै चर्चामा रहने सुनसरी प्रहरीको जिम्मेवारी सम्हालेपछि थापा नेतृत्वको सुनसरी प्रहरीले लागु औषध ओसार पोसार नियन्त्रण, अवैध मालसमानको तस्करी नियन्त्रण, अपराधिक गतिविधि नियन्त्रणमा ठूलो सफलता सहितको सूची सार्वजनिक गर्दै प्रहरी उपरीक्षक थापाले आफनो कार्यकालको समिक्षा संचारकर्मीमाझ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमाम शनिवार आयोजित पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा थापाद्धारा प्रस्तुत गरिएको प्रगति विवरण अनुसार विगतका भन्दा ठूलो सफलता सुनसरी प्रहरीले उनको कार्याकालमा प्राप्त गरेको छ ।

प्रहरी उपरीक्षक थापा नेतृत्वको टोलीले १४ महिनामा राजस्व संकलनमा बृद्धि,चोरी तस्करीमा नियन्त्रण, ठूलो परिमाणको प्रतिवन्धित लागु औषध र गाँजा बरामद, बिभिन्न हत्याका घटनाको अनुसन्धान र अपराधिक पक्राउ लगायत ९ वटा प्रहरी भवन निर्माण, रामधुनी नगरपालिकाको ईलाका प्रहरी,वडा प्रहरी कार्यालय, प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय सितागंज तथा अस्थाई प्रहरी चौकी तनमुनाका लागि जम्मा १८ कठ्ठा १० धुर जग्गा समेत प्राप्त गर्दै सफल कार्यकाल निर्वाह गरेको सार्वजनिक प्रतिवेदन मार्फत जनाइएको छ ।

आयोजित पत्रकार सम्मेलनमा थापाले आफनो कार्यकालको भोगाई सार्वजनिक गर्दै सुनसरी जिल्ला लागु औषध कारोवारको चपेटामा रहेकोले सुनसरीको मुख्य समस्या नै लागु औषध कारोवार नियन्त्रण रहेको बताए । आफनो काम गराईको अवधिमा अन्य विषयहरु नियन्त्रण गर्न सफलता प्राप्त गरेपनि खुल्ला सीमाका कारण छुटपुट समस्यालाई नियन्त्रण गर्न नसकिएकोप्रति दुःखेसो समेत उनले व्यक्त गरे ।

उनको कार्यकालमा भन्सार छली अवैध रुपमा सुनसरी भित्रयाइएको ३ करोड ६१ लख १३ हजार तीनसय ४६ रुपैयाँ बराबरको मालसामान बरामद गरि जिल्ला भन्सार कार्यालय सेतुवन्ध कोसी व्यारेजलाईलाई बुझाएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । सुनसरीका प्रहरी प्रमुख थापाले आफनो कार्यकालमा ४३ करोड ८० लाख बराबरको प्रहरी उपरीक्षक निवास सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, सीमा प्रहरी चौकी भाण्टाबारी, प्रहरी चौकी गौतमपुर लगायतमा भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गरिसकेको बताए ।

२०७७ बैशाख देखी २०७८ जेठसम्म एक सय ५६ जनालाई पक्राउ गरि मुद्दा चलाइएको, १७ हजार तीन सय १२ ट्याब्लेट, स्पास्मोप्रोक्सिबन २२ हजार सातसय चार क्याप्सुल, डाइलेक्स दुई हजार चारसय एक बोतल, दुई हजार ७७ एम्पुल, २३० ग्राम ६१६ मिलिग्राम ब्राउन सुगर, ७७४ केजी ३७३ ग्राम गाँजा, ४४ पता, ५ एमएलको सिरिन्च ६३ थान बरामद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०७७ बैशाखदेखी २०७८ जेठ महिनासम्म १६५ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन् भने २१७ वर्ष ५ महिना ७ दिन कैद भएको र ३८ करोड ७२ हजार २४३ रुपैयाँ जरिवाना संकलन गरेको आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक थापाले जानकारी दिएका छन् ।

हातहतियार खरखजाना अन्र्तगत २०७७ बैशाखदेखी २०७८ जेठ महिना सम्म १३ वटा मुद्दा दर्ता, ६ वटा कटुवा पेस्तोल, यूएसए पेस्तोल ३ वटा, भरुवा बन्दुक ३ वटा, मेड इन क्यान्डा लेखिएको बन्दुक १ वटा, डमी राईफल २ वटा र गोली राउन्ड ३२ वटा बरामद गरिएको प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरी उपरीक थापाको कार्यकालमा भोक्राहा नरसिंहका गुणराज यादवको हत्यामा संलग्न भएका ५ जनालाई सुनसरी जिल्ला अदालतबाट पूर्पक्षका लागि थुनामा पठाइएको र प्रतिवन्धित मागुर जातको माछा क्याट फिस सातहजार पाँचसय १० केजी र ट्रक सहित नियन्त्रणमा लिई कारवाही गरिएको थियो ।

त्यसैगरि सुनसरीको बर्जु गाउँपालिका–१ मा डाका गरि फरार रहेका ७ जना मध्ये ६ जनालाई पक्राउ गरि सुनसरी जिल्ला अदालतबाट पूर्पक्षका लाथि थुनामा पठाइएको, गढी गाउँपालिका–६ मा मिथुन उराँवलाई कर्तव्य गरि ज्यान मारेर फालेको सम्वन्धमा अनुसन्धान पछि ५ जनालाई सुनसरी जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको लगायतको घटनामा सफल अनुसन्धान गरिएकोले सुनसरीका प्रहरी उपरीक्षक थापाको कार्यकाल सफल रहेको बुझिएको छ ।

२०७७ बैशाखदेखी २०७८ जेठ महिनासम्म एक हजार पाँचसय ४५ जना माथि मुद्दा दर्ता मध्ये एक हजार ४९ वटा मुद्दा फर्छौट भएको छ । जसमध्ये चारसय ९६ वटा मुद्दा माथि काम गर्न बाँकी रहेको छ । एक हजार दुई सय ४५ जना पक्राउ गरेको मध्ये तीन सय ५२ जना पूर्पक्षका लागि थुनामा रहेको, आठसय २७ जना धरौटीमा रिहा भएको र ६५ जना साधारण तारेखमा रिहा भएको प्रतिवेदनमा उल्लेख भएको छ ।

त्यसैगरि २०७७ बैशाखदेखी २०७८ असार ६ गतेसम्म १५ जना बिभिन्न पदका प्रहरीलाई पुुलिस अफ द मन्थ घोषित भएको र १३० जना बिभिन्न पदका प्रहरी पुरस्कृत भएको तथा ४० जना प्रहरीले सजाय भएको आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

आफनो चौध महिने कार्यकाल पूरा गरि थापा सोमवार जिल्ला प्रहरी कार्यालय सुनसरी छाड्दै छन् । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंबाट प्रहरी उपरीक्षक सञ्जय सिंह थापा सुनसरीको कमाण्ड सम्हाल्न आउने भएका छन् ।

Share50Tweet31SendScan
Previous Post

विधार्थीलाई छात्रवृति वितरण

Next Post

वराहक्षेत्रमा कोरोना व्यवस्थापन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
वराहक्षेत्रमा कोरोना व्यवस्थापन

वराहक्षेत्रमा कोरोना व्यवस्थापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १९, २०८३
Mon, October 5, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In