Saturday, March 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

टीम देउवा : यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार
टीम देउवा : यस्तो छ नयाँ सरकारको ‘फर्स्ट लुक’
44
SHARES
Share on FacebookShare on Twitter

नकुल अर्याल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । मंगलबार साँझ पाँचौपटक  प्रधानमन्त्रीको सपथग्रहण गरेका देउवाले मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

कोभिड १९ को कहर र राजनीतिक गतिरोधका बीच सर्वोच्च अदालतको परमादेशबाट देउवाको सत्तारोहण सम्भव भएको छ । संविधान र लोकतन्त्र जोगाउनका लागि भनिएको ‘विपक्षी गठबन्धन’ को सत्तारोहणसंगै देउवा सरकारका चुनौतीको मूल्यांकन पनि सुरु हुनेछ ।

संविधानतः ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक चुनौती एकातिर छँदैछ, अर्कोतिर कोरोना सिर्जित समस्याबाट जनतालाई तत्काल राहत दिनुपर्नेछ । गठबन्धन सरकार भएका कारण सहयात्री दलहरुलाई रिझउनुपर्ने प्रधानमन्त्रीको जिम्मेवारी छँदैछ ।

यहीकारण मन्त्रिपरिषदले पूर्णता पाउनै अझै केही समय लाग्ने देखिन्छ । सरकारमा सहभागिता र शक्ति बाँडफाँटका विषयमा गठबन्धनमा थप सहमति जुट्नै बाँकी छ । यद्यपि तत्कालका लागि चार जना सारथिसहित प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । देउवाका सारथि को कस्ता छन् त ?

विश्वासिला बालकृष्ण

बालकृष्ण खाँडले देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा छन् । देउवाको लामो राजनीतिक यात्रामा विश्वासिलो सहयोगीका रुपमा रहेका खाँड कांग्रेस संसदीय दलको प्रमुख सचेतक थिए । प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्रीको भूमिका निर्वाह गरेका खाँड माधवकुमार नेपाल नेतृत्वको सरकारमा सिचाइँ मन्त्री बनेका थिए ।

गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका खाँडलाई गृहमन्त्री बनाएर देउवाले चुनावी तयारीमा विश्वासिलो साथ समेत खोजेका हुन् । विश्वासको मत हासिल नभए तत्काल निर्वाचनमा जानुपर्ने र विश्वासको मत पाएपनि अर्को वर्ष स्थानीय र प्रतिनिधिसभाको निर्वाचन गर्नैपर्ने दायित्व सरकारसामू छ । त्यसका लागि खाँडले प्रशासन र प्रहरीलाई नेतृत्व दिनुपर्ने देखिन्छ ।

नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका खाँडले २०७० सालको संविधानसभा निर्वाचनमा रुपन्देही ३ मा एमालेका घनश्याम भूसाललाई पराजित गरेका थिए ।

अर्थमा अनुभवी

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा २०६४ सालयता निरन्तर आम निर्वाचन जित्ने माओवादी नेता हुन् । माओवादी सेनाका तत्कालीन डेपुटी कमाण्डर शर्मा धेरैपटक मन्त्री बन्ने माओवादी नेतामध्येमा पर्छन् । विगतमा शर्माले शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा ऊर्जा मन्त्री रहेकै बेला लोडसेडिङ अन्त्य भएको थियो । अर्थ मन्त्रालय शर्माका लागि नयाँ जिम्मेवारी हो । कोभिडबाट थलिएको अर्थतन्त्रलाई मूलधारमा ल्याउने र आर्थिक मितव्ययिता कायम गराउने चुनौती शर्मामाथि छ ।

ऊर्जामा कमरेड विधुत 

भूमिगत रहँदा नेकपा माओवादी नेतृ पम्फा भूसाल ‘कमरेड विद्युत’को नामले परिचित थिइन् । उनै कमरेड विद्युत देउवा सरकारमा ऊर्जा मन्त्री बनेकी छिन् ।

ठूला विद्युत आयोजनाको सम्पन्न गराउने, प्रसारण लाइन विस्तार गर्ने तथा ऊर्जा क्षेत्रका यावत समस्या सम्बोधन गर्ने चुनौती भूसालमाथि छ । पहिलो संविधानसभा र गत संसदीय निर्वाचनमा ललितपुरबाट निर्वाचित भूसाल लोकतन्त्र प्राप्तिपछिको अन्तरिम सरकारमा महिलामन्त्री बनेकी थिइन् ।

जनमोर्चा नेपालको अध्यक्षसम्म भइसकेकी भूसाल माओवादी केन्द्रको प्रवक्तासमेत हुन् ।

कानूनमा ज्ञानेन्द्र

देउवा नेतृत्वको अघिल्लो सरकारमा अर्थमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अहिले कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री छँदा बहुचर्चित एमसीसी सम्झौतामा नेपालको तर्फबट हस्ताक्षर गरेका कार्कीसामू कानून मन्त्रीका रुपमा सो सम्झौता संसदबाट अनुमोदन गराउनुपर्ने चुनौती कार्कीसामु छ ।

एमसीसीबारे गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाउनुपर्ने अवस्था छ । विगतमा जलस्रोत मन्त्रीसमेत भइसकेका कार्की नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेसमा स्थापित भएका नेता हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट निर्वाचित कार्की त्यसअघि भोजपुरबाट संविधानसभा निर्वाचनमा पराजित भएका थिए । सभार : नेपाल प्रेस अनलाइनबाट । 

 

Share18Tweet11SendScan
Previous Post

समाचार प्रति वडाध्यक्षको ध्यानाकर्षण

Next Post

लागुऔषध ,तस्करी ,चोरी विरुद्ध लौकही प्रहरीको विशेष अपरेशन

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
लागुऔषध ,तस्करी ,चोरी विरुद्ध लौकही प्रहरीको विशेष अपरेशन

लागुऔषध ,तस्करी ,चोरी विरुद्ध लौकही प्रहरीको विशेष अपरेशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In