हरिनगर । सुनसरी लगायत मुलुकभर सरकारले सर्वसाधारणहरुको लागि स्वास्थ्य क्षेत्रमा सेवा सुविधा दिनका लागि स्वास्थ्य बीमा कार्डको अवधारणा ल्याएको हो । स्वास्थ्य बीमा कार्ड बनाउन एक परिवारका पाँच जनामा तीनहजार पाँच सय रुपैयाँमा एक वर्षमा एक लाख बराबरको निःशुल्क उपचार गर्ने प्रावधान ल्याएको छ ।
स्वास्थ्य बीमा बोर्डले सर्वसाधारणहरुलाई एकपटक अस्पतालबाट रेफर लिएपछि एक महिनासम्म रेफर नलिनुपर्ने व्यवस्था गरिएको थियो । तर बोर्डले केही महिना यतादेखी स्वास्थ्य बीमा कार्ड लिएका सेवाग्राहीहरुलाई झन्झटमा पारेको स्वास्थ्य बीमा लिएका व्यक्तिहरुले गुनासो गरेका छन् । बीमा लिएका व्यक्तिहरुले उपचार गर्न जाँदा एक हप्तामा एक पटक अनिवार्य रेफर लिने नयाँ प्रावधान ल्याएकोले सेवाग्राहीहरु झन्झटमा पर्न थालेको हो ।
अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवति महिला र बालबालिकाहरुलाई उपचार गराउन जाँदा हप्तामा एक पटक रेफर दिने व्यवस्था बोर्डले गरिदिएपछि स्वास्थ्य बीमाबाट उपचार गराउन पनि झन्झट हुन थालेको हरिनगरका प्रमोद मेहताले बताए ।
लामो लाइनमा बसेर रेफर लिएपनि दिनभर समय लाग्ने भएकोले रेफर प्रक्रिया पनि झन्झटिलो भएको उनले बताए । एकदिन रेफर लिनका लागि नै समय बित्ने गरेको अर्को दिन उपचार गर्न समय लाग्ने भएकोले बीमा बोर्डले ल्याएको एक हप्तामा एक पटक रेफर लिनुपर्ने व्यवस्था झन्झटिलो भएको अर्का सेवाग्राही मनोज मेहताले बताए ।
स्वास्थ्य बीमा बोर्डले झन्झिटो व्यवस्था हटाउनुपर्ने सेवाग्राहीले माग गरेका छन् । स्वास्थ्य बीमा कार्डबाट उपचार गराउन समस्या हुन थालेको र सेवा सुविधा लिनुको सट्टा प्रक्रिया लामो भएकाले बिरामी नआएर बिरामीको आफन्तहरु रेफर लिनका लागि आउने गरेको स्थानीहरु बताउँछन् ।
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...












