Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हलवाई समाजद्वारा गोविन्द गणिनाथको जन्मोत्सव मनाए

एक दर्जन भन्दाबढी सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हलवाई समाजद्वारा गोविन्द गणिनाथको जन्मोत्सव मनाए
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । हलवाई समाज सेवा समिति इनरुवा सुनसरीले बाबा गोविन्द गणिनाथको २३ औं जन्मोत्सव मनाएका छन् । सुनसरीको इनरुवा–४ सुनसरी खोला नजिकमा रहेको निर्माणधिन रहेको बाबा गोविन्द गाणिनाथ मन्दिरमा पुजाआजा गरेर जन्मोत्सव शनिवार एक कार्यक्रमका बीच मनाएका हुन् ।
श्री श्री १०८ बाबा गाणिनाथ गोविन्दको २३ औं जन्मोत्सकको अवसरमा यस वर्ष हलवाई समाज सेवा समितिले पुजाआजाका गरेर धुमधामका साथ मनाएको जनाएको छ ।

बाबाको जन्मोत्सव मनाउनका लागि हलवाई समाजका १ र २ नम्बर प्रदेशका अगुवा व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
हलवाई समाज संगठित भएर कुल देवताको मन्दिर निर्माण कार्यमा जुटेका छन् । केही वर्षयतादेखी बाबाको मन्दिर निर्माण कार्यलाई निरन्तरता दिदै अगाडी बढेको छ । सुनसरी जिल्लामै पहिलो पटक बाबा गोविन्द गणिनाथको मन्दिर निर्माण कार्यमा सहयोग जुटाउँदै अगाडि बढ्दै गएको हलवाई समाज सेवा समिति इनरुवाका नगर अध्यक्ष उमेश साहले जनाएको छ ।

हलवाई जातिको कुल देवताका रुपमा रहेका बाबा गोविन्द गणिनाथ मन्दिर बनाई सम्पूर्ण हलवाईहरुले प्रत्येक वर्ष जन्मोत्सवको रुपमा पुजाआर्चना गर्ने नगर अध्यक्ष साहले अगामी वर्षमा मन्दिर निर्माण कार्यलाई सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताए ।
हलवाई समाज सेवा समितिका जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद साहले बाबा गोविन्द गणिनाथको मन्दिर निर्माणधीन रहेकोले सहयोग गर्न पनि अनुरोध गरेका थिए । हलवाई समाज सेवा समितिले मन्दिरको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको समेत बताए ।

हलवाई समाजको एक मात्र ऐतिहासिक मन्दिरका रुपमा स्थापित भएकोले वर्षमा एक पटक पुजाआर्चना गर्ने गरेको जिल्ला अध्यक्ष साहले बताए । धर्म, संस्कृति, परम्परा, रितिरिवाजलाई जर्गेना गर्ने उद्देश्यले हलवाई समाजले कुल देवताको पुजाआजा गरी जन्मोत्सव मनाउने गरेको बताए ।

हलवाई समाज सेवा समिति इनरुवा नगरका कोषाध्यक्ष तथा मन्दिर निर्माण समितिको अध्यक्ष जयप्रकाश साहले बाबा गोविन्द गणिनाथ हलवाई समाजको कुल देवता भएकाले वर्षमा एक पटक जन्मोत्सवका रुपमा मनाउने गरेको बताए । गत वर्ष कोरोना महामारीका कारण बाबाको जन्मोत्सव मनाउन नसकेकोले यस वर्ष कोरोना महामारीको अवस्था साम्य भएकोले निर्माणधिन मन्दिरमा पुजाआर्चना गरी बाबालाई स्मरण गरेको समेत उनले बताए ।

बाबा गोविन्द गणिनाथको शक्ति अपरम्पार भएकोले हलवाई समाज मात्र नभएर अन्य समाजले समेत पुजाआजा गर्न सक्ने उनले बताउँदै इच्छाशक्ति भएका व्यक्तिहरुले बाबा गोविन्द गणिनाथसँग भाकल गरेको कुरा पुरा हुने धार्मिक विश्वास समेत रहेको उनले व्यक्त गरे ।
हलवाई समाजको पहिचान, अधिकार सम्मानका लागि भएपनि समाज गठन गरेको र हलवाई समाज सेवा समितिले जातिय उत्थानका लागि पनि आवाज उठाउने गरेको र बाबाको मन्दिर निर्माणका लागि एकजुट भएर अगाडि बढेको समाजले जनाएको छ ।

हलवाई समाजले धार्मिक सहिष्णुता कायम गर्ने, आपसी सदभाव, भाइचाराको सम्वन्ध, समाजबाट लोप हुँदै गएको संस्कारलाई जन्मोत्सवको मार्फतबाट पनि जर्गेना गर्ने र एकताको सन्देश प्रवाह गर्ने समेत समितिले सुरसेरदैनिकसँगको कुराकानीमा बताए ।
जन्मोत्सवको अवसरमा समाजमा योगदान पु¥याएका एक दर्जन भन्दाबढी व्यक्तिहरुलाई हलवाई समाज सेवा समिति इनरुवाले सम्मानित गरेका छन् ।

पुजा समितिको संयोजक सुरेश साहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सुनिता देवी साह, बासुदेवी साह, उमेश साह, कलेश्वर साह, प्रदीप साह, दिपक कुमार साह लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रममा उद्घोषण सत्य नारायण साहले गरेका थिए ।

Tags: जन्मोत्सवधार्मिक सहिष्णुताहलवाई समाज
Share13Tweet8SendScan
Previous Post

चतरामा कांग्रेसद्बारा अग्रज कांग्रेसीलाइ सम्मान

Next Post

टोमराजद्वारा मन्दिरलाई सहयोग

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
टोमराजद्वारा मन्दिरलाई सहयोग

टोमराजद्वारा मन्दिरलाई सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In