इनरुवा । सुरसेर राष्ट्रिय दैनिकका प्रकाशक तथा कार्यकारी सम्पादक टोमराज मेहताले बाबा गोविन्द गणिनाथ निर्माणाधिन रहेको मन्दिरलाई आर्थिक सहयोग गरेका छन् । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित रहेको बाबा गोविन्द गणिनाथ मन्दिरमा कार्यकारी सम्पादक मेहताले पाँच हजार ५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
नेपाल प्रेस युनियन इनरुवा नगरका सभापति समेत रहेका मेहताले इनरुवा–४ स्थित सुनसरीको खोलाको नजिकै रहेको बाबा गोविन्द गणिनाथ मन्दिर निर्माण कार्यमा थप मदत पुग्ने उद्देश्यले पाँच हजार ५१ रुपैयाँ सहयोग गरेका हुन् । सुरसेर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक मेहताले सामाजिक कार्यमा पनि संचारकर्मीहरुको भूमिका अपरिहार्य रहेको भन्दै व्यक्तिगत आर्थिक सहयोग गरेको बताए । इनरुवामा लामो समयदेखी पत्रकारीता गर्दै आएका मेहताले बाबा गोविन्द गणिनाथको जन्मोत्सवको अवसरमा अतिथिको मन्तब्य व्यक्त गर्दै मन्दिर निर्माण कार्यमा सहयोग पुग्ने उद्देश्यले स्वेच्छाले सकेको रकम सहयोग गरेको बताए ।
पत्रकार समाजकै अङ्ग भएकाले सामाजिक उतरदायी भूमिका निर्वाह गर्नका लागि सामाजिक क्षेत्रमा संचारकर्मीहरुले पनि योगदान पुर्याउनु पर्नेमा उनले जोड दिएका थिए । मन्दिर सबैको साझा सम्पति हो,उनले भने,‘पत्रकारहरु पनि सहयोग गर्ने इच्छा राख्छ ।’ त्यसैले संचारमाध्यमबाट सूचना प्रवाहसँगै बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु पत्रकारको दायित्व भएकोले धर्म निर्वाह गरेको छु ।
पत्रकारहरु आर्थिक प्रलोभनमा पर्ने भ्रमलाई चिर्दै पत्रकार मेहताले सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि अब संचारकर्मीहरुले हरेक क्षेत्रमा सहभागिता र योगदान पु¥याएर हातमा हात मिलाएर अगाडी बढ्नुपर्ने बताए । पत्रकार मेहताले पत्रकारहरुको हक अधिकारका लागि आवाज उठाउँदै आएका छन् । हलवाई समाज सेवा समितिले सहयोग गरेकामा पत्रकार मेहतालाई धन्यवाद ज्ञापन गरेका थिए ।