Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

गच्छदारले गरे उपसभापतिमै उम्मेदवारी दिने घोषणा वर्तमान विधानले गुटबन्दी बढाएकाले सच्याउनुपर्ने माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
गच्छदारले गरे उपसभापतिमै उम्मेदवारी दिने घोषणा वर्तमान विधानले गुटबन्दी बढाएकाले सच्याउनुपर्ने माग

फायल फोटो

37
SHARES
Share on FacebookShare on Twitter

अनन्तराज न्यौपाने
विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू पार्टीको आगामी १४ औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वार हुने घोषणा गरेका छन् । विराटनगरमा बुधवार उपसभापति गच्छदारले उपसभापति पदमा उम्मेद्वारी दिने बताएका हुन् ।
गच्छदारले आफूले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी नदिने पक्कापक्की गरेको बताए । उनले सभापतिमा उम्मेद्वारी दिने सोचाइसमेत नराखेको उल्लेख गरे ।

‘मलाई देशभरिका साथीहरूले उपसभापति नै भएको हेर्न मन पराउनु भएको छ’, उनले भने, ‘तमाम साथीहरूको भावनाको कदर गर्दै मैले उपसभापतिमा उम्मेद्वारी दिने निश्चय गरेको हुँ । कुनै ग्रुपबाट मेरो उम्मेद्वारी आएको होइन, सिङ्गो पार्टीका तर्फबाट र पार्टीका लागि हो ।’

उनले अहिले सभापतिको दौडमा रहेका कुनै नेताप्रति आफ्नो समर्थन जनाएनन् ।
‘अहिले ८÷१० नेता सभापतिका दौडमा हुनुहुन्छ’, उनको भनाइ थियो, ‘म उहाँहरूको गतिविधि हेरिरहेछु र प्रतीक्षा गरिरहेको छु। उपयुक्त समयमा निर्णय लिनेछु ।’

गच्छदारले नेपाली कांग्रेसको हालको विधान, नियमावली र निर्देशिका संशोधन गरिँदा त्यसले सिङ्गो पार्टीलाई हानी गरिरहेको टिप्पणी गर्दै यसतर्फ नेतृत्व अकर्मण्य र उदासीन भएको आरोप लगाए ।

‘यति बेला नेपाली कांग्रेसले सङ्गठनका तहतहका नेतृत्व चयन गरिरहेको छ’, उनको कथन थियो, ‘नेतृत्व चयन प्रक्रियाप्रति असन्तोष र गुनासो पनि उत्तिकै प्रकट भइरहेको छ । पार्टीको विधान, नियमावली र निर्देशिकालाई एकातिर पन्छाएर खासखास व्यक्तिको रुचि र छनौटलाई आधार मानेर स्थानीय तहमा नेतृत्व चयन गरिएको देखिन्छ । जहाँ आफ्नै पार्टीका कार्यकर्ताहरूलाई नै काखापाखाको पूर्वाग्रही व्यवहार गरिएको भनेर सिकायतहरू आइरहन्छन् । के यो सर्वस्वीकार्य हो त भन्ने प्रश्न उठेको अवस्था छ ।’
उनले नेपाली कांग्रेसको वर्तमान विधान, नियमावली र निर्देशिका नै एकाङ्गी र खास उद्देश्यबाट प्रेरित र पूर्वाग्रही छ भनेर गरिँदै आएको विरोधको पुष्टि भएको धारणा प्रकट गरे ।

‘वर्तमान विधान पार्टीका संस्थापक नेता बीपी कोइरालाले मस्यौदा गरेर लागू भएको विधानको पछिल्लो रूप हो’, गच्छदारको गुनासो थियो, ‘यो प्रजातान्त्रिक हुनुपर्थ्यो तर उल्टै अनुदार बनाइएको सबै तहका कार्यकर्ताको गुनासो सुन्न पाइन्छ। खास समूहलाई लक्षित गरी जथाभावी चलाइँदा पार्टीको विधानको स्वरूप नै आज उँटजस्तो बन्न पुगेको छ ।’

उनले महाधिवेशनमा पार्टीका पदाधिकारी समेतको निर्वाचन गर्ने प्रणालीले पार्टीमा गुटबन्दीको वीजारोपण भएको विचार व्यक्त गरे। नेता गच्छदारले यसरी गहिरो बन्दै गएको गुटबन्दीले पार्टीलाई दिनदिनै कमजोर बनाउँदै लगेको पक्षलाई बिर्सन नमिल्ने बताए । विद्यमान विधानलाई व्यापक छलफलबाट परिमार्जन नगरिए यसले गुटबन्दीको समस्यालाई थप गहिरो बनाउने उनको भनाइ थियो ।

उनले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन एकैचोटि सम्पन्न गर्ने वैधानिक व्यवस्था हुनुपर्ने सुझाव दिए ।
गच्छदारको आग्रह छ, ‘निर्वाचित केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पदाधिकारीसमेतको नियुक्ति हुने प्रावधान राखिनुपर्छ । यसो गर्दा गुटउपगुट हुने परम्पराको अन्त्य हुनेछ भन्ने मेरो मत छ । त्यसैले आगामी महाधिवेशनले विधानमा रहेको प्रावधानलाई सच्याउनु आवश्यक छ ।’

Share15Tweet9SendScan
Previous Post

देवानगंज–३ का वडाबासीलाई कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरण

Next Post

मोरङमा मुस्लिम मोर्चा सक्रिय

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
मोरङमा मुस्लिम मोर्चा सक्रिय

मोरङमा मुस्लिम मोर्चा सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २१, २०८३
Wed, October 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In