लौकही । सुनसरीको कोशी गाउँपालीका २ स्थित पश्चिम कुसाहामा नौ दिनसम्म चल्ने नवयज्ञ सुरु भएको छ । कोशी गाउँपालीका वार्ड नम्बर २ पश्चिम कुसाहा साहु टोलस्थित रहेको श्री श्री १०८ श्री लक्ष्मी नारायण मन्दिरमा बिहीबारबाट एघारौं महानवाह यज्ञ सुरु भएको हो ।
कोशी गाउँपालिकाको पश्चिम कुसाहामा ९ दिने सो यज्ञको उद्घाटन पूर्व बिहीबार निकालिएको कलस यात्रामा कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीसमेत सयौंको सहभागिता रहेको थियो । पश्चिम कुसाहामा रहेको कोशी माविबाट जल लिएर निकालिएको कलश यात्रा कोशी टप्पुसम्म पुगेको थियो । १८ गतेबाट सुरु भएको यज्ञ आगामी २७ गते शनिबार बेलुका ४ बजे अष्टजाम एवं यज्ञ विसर्जन एवं प्रसाद वितरण गरिने भएकोले सो अवसरमा उपस्थित भईदिन सम्पूर्ण हिन्दु धर्मावलम्बीसँग मन्दिर निर्माण समिति एवं स्थानीय समाजले आग्रह समेत गरेको छ ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












