Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

उप–सभापतिमा गफार अन्सारीको उम्मेदवारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
उप–सभापतिमा गफार अन्सारीको उम्मेदवारी
47
SHARES
Share on FacebookShare on Twitter

नसीम अन्सारी

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले नेपाली काँग्रेस सुनसरीको उप–सभापति पदमा उम्मेदवारी घोषणासँगै आज उम्मेदवारी दर्ता गराउने भएको छ ।

अन्सारीले विगत ३० वर्ष देखि नेपाली राजनीतिमा सक्रिय भइरहेकोले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशनमा हरिनगरका अध्यक्ष अन्सारीले आज मनोनयन दर्ता गराउने भएको हो ।

निर्दलीय पञ्चायती व्यवस्थाको जगजगी भएका बेला उनलाई तत्कालिन नेपाली काँग्रेसको मुलुकमा बहुदलिय व्यवस्था स्थापना गर्ने एजेण्डाले पार्टीप्रति आर्कषित गरेको अन्सारीले बताउँदै नेपाली राजनीतिमा ३० वर्ष भन्दा बढी सक्रिय हुँदै जनता सेवामा लागि परको उनले बताए ।

पुर्ण प्रजातन्त्र सहितको बहुदलिय व्यवस्थाको स्थापना गरिछाड्ने नेपाली काँग्रेसको संकल्पलाई पुरा गर्न दृढ भई लागेका अन्सारी २०४६ सालमा २२ बर्षकै उमेरमा सुनसरी जिल्लाको तत्कालिन भुटाहा गाविसमा नेपाली काँग्रेस पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिई गाविसको उपध्यक्षमा विजय भएका थिए ।

देश र जनताको सेवा गर्दै पञ्चायती व्यवस्थाका विकृति तथा विसंगतिहरुको भण्डारफोर गर्न गाउँ पञ्चायतमा पार्टीकै रणनिति अन्तर्गत सहभागी भएका अन्सारी लगायतको समुहले बहुदलिय व्यवस्था स्थापनाको आन्दोलनलाई अघि बढाउदै आफु उपप्रधानपञ्च भएर पनि जनताको कामप्रति चासो राखेर पार्टीको गतिविधि गर्दै आएको बताए ।

२०४६ सालमा भएको आन्दोलनमा अहोरात्र खटिएका अन्सारीलाई बहुदलिय व्यवस्था स्थापना पश्चात परिवार, नातागोता तथा मान्यजनबाट राजनितिमा रस बसेको र जनताका समस्या समाधान गर्दै प्राप्त हुने आनन्दलाई उनले सरकारी नोकरी सँग साटेनन, उनको इच्छा राजनिति मार्फत नै देश र जनताको सेवा गर्ने थियो ।

जिल्लाभर हुने नेपाली काँग्रेसका गतिविधि तथा कार्यक्रममा सक्रिय उनी बहुदल स्थापना पश्चात नेपाली काँग्रेस भुटाहा गाविसको २ कार्यकाल उपाध्यक्ष निर्वाचित भई कार्य गरिसकेका साहसी युवा नेताको परिचित छन् । २०४६ साल देखि सुनसरी जिल्लाको सामाजिक सेवा र राजनितिप्रतिको उनमा चासो घटेन बरु अझ जोस जागरमा नै बृद्धि हुँदै गयो ।

अन्सारी पार्टी प्रतिको आस्था र विश्वास परिवर्तन हुने कुरा भएन । सामाजिक भावनाले ओतप्रोत भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट टिकट नपाएपछि तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट टिकट पाएर तत्कालिन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सुनसरी क्षेत्र नम्बर ५ मा जित्न हम्मेहम्मे बनाएका थिए ।

अन्सारीले यादवसँग झिनो मतले पराजित भएको थियो । झिनो मतले पराजित भएपछि अन्सारीको चर्चा देशभर नै भएको थियो । दोस्रो संविधानसभा निर्वाचन मत परिणामपछि सुनसरी जिल्लाका टप नेताका रुपमा आफनो नाम राख्न अन्सारीले सफल भएको थियो ।

नेपाली काँग्रेस सुनसरीले गफार अन्सारीको आवश्यकता महशुस गरेर पुनः काँग्रेसमा फकाइएको थियो । काँग्रेसले अन्सारीलाई आफ्नो पुरानो घर काँग्रेस पार्टीमा फर्काउन सफल भएपछि स्थानिय तहको निर्वाचनमा उनलाई कांग्रेसबाट टिकट दिएपछि उनी हरिनगर गाउँपालिकाका अध्यक्ष पदमा भारी मतले बिजयी भएका थिए ।

अन्सारी दक्षिण क्षेत्रका खम्बा मात्रै नभएर जिल्लाकै शक्तिशाली नेताको रुपमा चिनिएको छ । अन्सारी सुनसरीको भुटाहामा बसेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको समस्या समाधान गर्न अहोरात्र खट्ने युवा नेता हुन् । सुनसरीको जनताको लागि पार्टी नहेरी सबैलाई साथ सहयोग गर्ने र जुनसुकै समस्यालाई समाधान गर्ने सबैको लोकप्रिय नेताको रुपमा आफनो छाप छोडेका अन्सारी जिल्लाको अधिवेशनमा सुनसरी कांग्रेसको उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर–४ मा अन्सारीले ३९८ मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन् । सुनसरीमा राजीव कोईरालाको नेतृत्वमा कांग्रेसले हाँसिल गरेको उपलब्धिलाई जोगाउँदै संगठनलाई अझ सुदृढ र शसक्त बनाउन आफ्नो उपसभापतिमा दाबी रहेको अन्सारीको भनाई छ ।

पार्टी र सामाजिक गतिविधि बाहेक अन्य कुनै पेशा र व्यवसायमा संलग्न नभएकाले पार्टीमा विगत जस्तै पुर्णकालिन समय दिएर सुनसरीका सबै पालिका,प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा जिताउन आफु सक्रिय भएर लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

Share19Tweet12SendScan
Previous Post

नेकपा माओवादी केन्द्र इनरुवा–९ को अध्यक्षमा प्रमोद

Next Post

कालुराम चौधरी सुनसरी कांग्रेसको सह–सचिवमा उम्मेदवारी घोषणा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कालुराम चौधरी सुनसरी कांग्रेसको सह–सचिवमा उम्मेदवारी घोषणा

कालुराम चौधरी सुनसरी कांग्रेसको सह–सचिवमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In