Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेसको सभापतिमा संजय श्रेष्ठ र केदार भण्डारीबीच प्रतिस्पर्धा हुँदै

सुनसरी कांग्रेसको सभापतिमा संजय श्रेष्ठ र केदार भण्डारीबीच प्रतिस्पर्धा हुँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ११, २०७८
in FEATURE, समाचार, स्थानीय समाचार
सुनसरी कांग्रेसको सभापतिमा संजय श्रेष्ठ र केदार भण्डारीबीच प्रतिस्पर्धा हुँदै
79
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आईतवार हुने जिल्ला अधिवेशनका लागि शनिबार मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस सुनसरीका सभापति पदका लागि संजय श्रेष्ठ र केदार भण्डारीबीच आज प्रतिस्पर्धा हुँदैछ । सभापति पदका उम्मेदवार श्रेष्ठ र भण्डारीका आ–आफना प्यानल सहित शनिवार नेपाली कांग्रेस पार्टी कार्यालय सुनसरीमा मनोनयन दर्ता गरिएको थियो ।

नेपाली कांग्रेस पार्टी कार्यालय सुनसरीमा शनिवार आआफना समुहले उत्साहका साथ नाराबाजी गर्दै मनोनयन दर्ता गराएका छन् । आज हुने निर्वाचनमा संजय श्रेष्ठको प्यानल र केदार भण्डारीको प्यानलबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
नेपाली कांग्रेस सुनसरीका निवर्तमान सभापति राजीव कोइरालाको नेतृत्वमा उपसभापति पदमा रहेर संजय श्रेष्ठले एक कार्यकाल र दुई कार्यकाल सचिव पदमा रहेका केदार भण्डारीले काम गरिसकेका दुवै अनुभवी व्यक्ति हुन् ।

सभापति पदका उम्मेदवार संजय श्रेष्ठले निवर्तमान सभापति कोइरालाको अनुकरण गरेर संगठन बलियो बनाउने गरी सबैलाई मिलाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी सभापति पदका उम्मेदवार केदार भण्डारीका अनुसार कोइरालाले गरेका उदाहरणीय कामहरुलाई आत्मसाथ गरेर पार्टीको संगठनलाई मजबुत बनाउने कार्यमा सक्रिय हुने बताएका छन् । सभापति पदका उम्मेदवार केदार भण्डारीका अनुसार सुनसरीका गुट–उपगुटलाई अन्त्य गर्नका लागि बिशेष ध्यान जानेछ ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा दुई समुहले उत्साहका साथ मनोनयन दर्ता गराएपनि उम्मेदवाहरु हसिलो अनुहारमा देखिएका थिए । कांग्रेस पार्टी कार्यालय इनरुवा सुनसरीमा उम्मेदवाहरुले नाराबाजी गर्दै मनोनयन दर्ता गराएका थिए ।

सुनसरीको वडा, पालिका, प्रदेश र क्षेत्रको अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशनको निर्वाचन आज हुँदैछ । वडादेखी नै कोइराला–पौडेल र देउवा समुहमा बिभाजित भई कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफनो पकड बनाउनका लागि वडादेखी नै मजबुत बनाउँदै आएकाले जिल्ला अधिवेशनमा पनि कोइराला–पौडेल र देउवा समुहको प्रतिस्पर्धा हुँदैछ ।

नेपाली कांग्रेस सुनसरीमा दुई हजार ९ सय २७ मतदाताहरुले आज मतदान गर्ने भएका छन् ।
यसैगरी उपसभापति पदका उम्मेदवारहरु गफार अन्सारी मियाँ, नगेन्द्र चन्द्र राई, पंकज कुमार महतो र महेश दत्त चुनावी मैदानमा छन् । उनीहरुमध्ये दुई जना चुनावी प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन । यसैगरी सचिव पदका उम्मेदवारहरु प्रमोद कुमार पोखरेल, माधव बहादुर घिसिङ्ग, रन्जेश भट्टराई, रमेश पाल र बिरेन्द्र कुमार साह मध्ये दुई जनाले चुनावी प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् ।

यसैगरी सहसचिव पदमा कालुराम चौधरी, गणेश सुब्बा, गिरधारी प्रसाद साह, मनिष कुमार राई, रमेश कटुवाल, सुनिल कुमार साह मध्ये दुई जना निर्वाचित हुनेछन । उनीहरुबीच कडा प्रतिस्पर्धा हुने पक्कापक्की भएको छ ।

सुनसरी क्षेत्र नम्बर–४ मा सम्पन्न भएको क्षेत्रीय अधिवेशनमा देउवा प्यानल सम्पूर्ण पदमा विजयी भएको थियो । त्यसैगरी नेपाली कांग्रेस सुनसरी जिल्ला अधिवेशनमा केदार भण्डारीको प्यानल बिजयी गराउने तयारीमा जुटेको बताइन्छ ।

सुनसरी जिल्ला अधिवेशनमा केदार भण्डारीको प्यानल बिजयी बनाउने तयारीमा नेता तथा कार्यकर्ताहरु लागि परेका छन् । सुनसरी क्षेत्र नम्बर–४ मा कोइराला–पौडेल समुहका उम्मेदवारहरु पराजित भएपछि अहिले उनीहरु देउवा समुहका उम्मेदवारलाई पराजित गराउन सक्रिय भएका छन् ।

यता देउवा समुहबाट सुनसरी कांग्रेसका सभापति पदका उम्मेदवार संजय श्रेष्ठका प्यानललाई बिजयी बनाउन कसरत गरिरहेका छन् भने आज हुने निर्वाचनमा श्रेष्ठको प्यानललाई बिजयी बनाउन नेता तथा कार्यकर्ताहरु लागि परेका छन् ।
सुनसरी कांग्रेसको जिल्ला अधिवेशनमा दुई समुहबीच प्रतिस्पर्धा हुने निश्चित छ । तथापि संजय श्रेष्ठको प्यानल र केदार भण्डारीको प्यानललाई बिजयी गराउन कांग्रेसका नेता आ–आफना समुहमा लागेका छन् ।

Share32Tweet20SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–४ को लोकप्रिय नेतामा मनोज साह

Next Post

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : सुनसरी कांग्रेसको इनरुवामा मतदान सुरु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेसको १४ औं महाधिवेशन : सुनसरी कांग्रेसको इनरुवामा मतदान सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : सुनसरी कांग्रेसको इनरुवामा मतदान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In