Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

किसानको गुनासो : कोशी छेउमै छैन सिचाइ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
किसानको गुनासो : कोशी छेउमै छैन सिचाइ
36
SHARES
Share on FacebookShare on Twitter

कोशी । सुनसरी कोशी गाउँपालीका वार्ड नम्बर ७ स्थित हरिपुरमा किसानको खेतमा सिचाइ पु¥याउने उद्देश्यले बनाएको नहरमा पानी नआउने गरेको पाइएको छ । लाखौं रुपैयाँ खर्चं गर्दै बनाएको नहरमा वर्षौंदेखि पानी नआउने गरेकोले आकाशे पानीको भरमा खेती गर्दै आएको किसानहरुले गुनासो गरेका छन् । सप्तकोसी नजिकै भएपनि नहरमा पानी न आउने गरेपछि बोरिङबाट गहुँमा पानी छर्ने तयारी गरेको स्थानीय किसानहरूले बताउँछन् ।

कोशी क्षेत्रका किसानहरुलाई सिचाइ समस्यासँगै मल पनि नेपाली बजारमा प्रयाप्त मात्रामा नपाएपछि भारतीय बजारबाट ल्याएर खेतीपाती गर्दै आएको किसान सकलदेव यादवले जानकारी दिए । आकाशे पानीको भरमा धान खेती गरेका कोशी,भोक्राहा नरसिंह,हरिनगर,देवानगंज सहितका स्थानीय तहहरुका किसानहरु अहिले स्वदेशमै प्रयाप्त मात्रामा नपाइने भएपछि गहुँमा हाल्ने मलका लागि भारतीय बजारमा भौतारिनु परेको छ ।

धान र गहुँ उब्जनीको लागि उर्वरभूमि मानिने क्षेत्रका किसानको लागि यो नौलो समस्या भने होईन । समयमा बिउ,मल नपाउनु र सप्तकोसी नजिकै भएपनि सिचाइको सुविधा नहुँदा यसक्षेत्रका किसान बोरिङ वा आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । सधैं भारतबाटै बीउ र मल ल्याएर खेती गरेका छौं, कोशी गाउँपालीका ८ भण्टावारीका किसान तस्लिम मियाँले भने । मल र बीउ भारतीय बजारबाट ल्याएर खेती गर्दै आएपनि सिचाइ सुविधा समेत नहुँदा सोचअनुसार उत्पादन नभएको उनको कथन छ् ।

धान र गहुँ खेतीको उर्वरभूमिका किसानले सिचाइ सुविधा पाउदैनन्, सरकारले अनुदानमा दिने मल र बीउ हुने खाने, पहुँवालाले पाउछन् मियाँले भने । साविकका चारवटा गाविस मिलेर बनेको कोशी गाउँपालीकामा ५ सय हेक्टरमा धान र गहुँ खेती हुने गरेको कृषि सेवा केन्द्र लौकहीले जनाएको छ । ८ वटा वार्ड भएपनि ५ वार्डमा मात्र उत्पादन हुने गरेको छ । २०६५ साल भदौ २ गते आएको बाढीले साविकको श्रीपुर र पश्चिम कुसाहा गाविस अर्थात कोशी गाउँपालीका वार्ड नम्बर ४ र ३ मा धान उत्पादन भएको छैन भने वार्ड नम्बर ५ मा केहि हेक्टरमा मात्र उत्पादन हुने गरेको कृषि सेवा केन्द्र लौकहीका सुनिल साहले बताए ।

स्थानीय सरकारले कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेपनि खेती लगाएको समयमा किसानहरुले मलका लागि हैरानी खेप्नुपरेको छ । भारतीय बजारबाट बीउ र मल भित्र्याउदा कमसल भएकोले उत्पादनमा समेत कमि आउने गरेको भोक्रहा नरसिंह गाउँपालीका ८ का किसान रहमुल अन्सारीको अनुभव छ । प्रयाप्त सिचाइ सुविधा नभएपनि मनसुन समयमै सुरु भएकोले धान उत्पादन राम्रै भएपनि १ बिघा क्षेत्रफलमा लगाएको गहुँ खेतीबाट यो वर्ष कस्तो प्रतिफल आउनेबारे उनी चिन्तित छन् ।

वास्तविक किसानलाई अनुदानमा वितरण गर्नुपर्नेमा सहकारी संस्थाहरुले त्यसो नगर्ने र भनसुनका आधारमा वितरण गरेकोले सीमावर्ती क्षेत्रका किसानले स्वदेशमै मल पाउन नसकेको अन्सारीको बुझाई छ । केही किसानले अनुदान मार्फत आएको बीउ र मल पाएपनि केहीले निजी उत्पादन कम्पनी र अधिकांशले भारतीय बजारबाट भित्र्याउने गरेका छन् । पैसा तिरेर सजिलोसँग पाउने र सीमावर्ती क्षेत्रमा तैनाथ प्रहरीले सहज रूपमा मल ल्याउन दिने गरेकोले भारतीय बजारबाटै किसानले मल ल्याउने गरेको हरिनगर गाउँपालीका ७ स्थित घुस्कीका रमजान सिद्दिकीले जानकारी दिए । सीमावर्ती क्षेत्रबाट एक किसानलाई २५ केजी मल ल्याउन सुरक्षाकर्मीले छुट दिने गरेको उनले बताए ।

स्वदेशमा पाउने कि नपाइने, नेपाली बजार भन्दा भारतमा सस्तोमा पाइने गरेकोले उतैबाट मल ल्याउने गरिएको उनको भनाइ छ । भारतीय बजारबाट १२ सय भारुमा ल्याउने ५० केजी डिएपीलाई नेपालमा २३ सयदेखि २५ सयसम्म पर्ने गरेको किसान बताउँछन् । त्यस्तै भारतमा ३०० देखि ३५० भारुमा पाइने युरिया नेपालमा ८०० देखि ९०० सम्म पर्ने गरेको बताइएको छ  । केही किसानले आफैं भारतीय बजारबाट मल ल्याउने गरेपनि अधिकांश अवैध रूपमा भारतबाट भित्रीने गरेको छ । खुल्ला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक मल भित्र्याउने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् ।

किसानलाई भारतबाट मल ल्याउन छुट दिएपनि किसानका नाममा दैनिक अवैध रूपमा मल भित्र्याउनेलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको प्रहरीले जनाएको छ। मल व्यवस्थापन गर्न नसक्दा समय समयमा अभाव भएको जस्तो लागेपनि प्रयाप्त मात्रामा मल उपलब्ध रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रजिअ इन्द्रदेव यादवले बताए ।

Tags: कोशीकोशी गाउँपालिकाकोशी छेउमै छैन सिचाइ
Share14Tweet9SendScan
Previous Post

सभापतिको मतगणना सम्पन्न भएपछि मात्रै अन्य पदको गणना हुने

Next Post

बराह च्यालेन्ज फुटबल : पटनाली फुटबल क्लब विजयी

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
रोनाल्डोको सिजनको २३ औँ गोलमा युभे विजयी

बराह च्यालेन्ज फुटबल : पटनाली फुटबल क्लब विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In